कुलिङ पिरियड र अतिरिक्त सचिवको विषयमा माओवादीको असहमति,भेटनरी सेवा थप गर्नुपर्ने जिकिर

संघीय निजामती सेवा विधेयकमा नेकपा माओवादी केन्द्रले तीन वटा बिषयमा आफ्नो मुख्य असहमति जनाएको छ । विषेशगरी अतिरिक्त सचिव राख्ने,कुलिङ पिरियड दुई बर्षमात्र घटाएर एक बर्ष राख्ने र निजामती सेवाभित्र भेटनरी सेवा पनि समावेश गर्नुपर्ने माओवादी केन्द्रका सचेतकले माग राखेका छन् । आज बिहान बसेको राज्य व्यवस्था तथा सुशासन समितिको विषयगत समितिमा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले बुँदागत रुपमा तीन वटा बिषयमा मुख्य असहमति राखेका हुन ।

बिज्ञापन

पाण्डेका अनुसार,कुलिङ पिरियड, अतिरिक्त सचिवको बिषयमा असहमति रहेको छ भने केन्द्रले निजामती सेवामा भेटनरी सेवा थप गर्ने प्रस्ताव राखेको छ । सत्ता पक्षकै सांसदहरु पनि कुलिङ पिरियड दुई वर्ष राख्नुपर्ने पक्षमा छन् । तर, समितिले एक वर्षको कुलिङ पिरियड राखेर प्रतिवेदन तयार गर्न लागेपछि माओवादीले असहमति जनाएको हो ।

बिज्ञापन

यस्तै माओवादीले अतिरिक्त सचिवको पद आवश्यक नै नहुँदा पनि राख्न खोजिएको भन्दै असहमति व्यक्त गरे। सचिव र सहसचिवको संख्या यथावत राखी थप पद सिर्जना गर्दा आर्थिक भार थपिने हुँदा यदी अतिरिक्त सचिव पद थपिने हो भने सचिव र सहसचिवको पद संख्या घटाउन सुझाव दिएका छन् । यस्तै पाण्डेले भेटेनरी सेवामा तह थप गर्नुपर्ने बताए। उनले भेटेनरीमा ८औं तह राख्नुपर्ने र यो तह राख्दा कर्मचारी व्यवस्थापन सहज हुने दाबी गरेका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रसुवामा म्याद सकिएको विस्फोटक पदार्थ डिस्पोज गर्ने क्रममा विस्फोट, एकको मृत्यु, ६ घाइते

चार सय खरिदार- सुब्बा कटौती,संघीय मन्त्रालयमा दरबन्दी बनाइँदै शून्य

सचिवालयको दबाब : ‘कानुन, विधि हामी हेर्छौ,तपाई सही गर्नुहोस’

स्थायी संयन्त्रमाथि सचिवालय हाबी,अनुचित दबाब ठाडो इन्कार गर्ने प्रशासकहरुको दावी

पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेलमा बस्न नपर्ने

अकिंत कर्णको कहालीलाग्दो संघर्ष : २७ प्रयास पछि बल्ल स्थायी नियुक्तिका लागि सिफारिस

एकैपटक म्याडमद्वारा महिनाभरको हाजिर

डिम्बको व्यापार : अनुसन्धानको दायरामा डा नुतन

बिशेष