संघीय निजामती सेवा विधेयकमा नेकपा माओवादी केन्द्रले तीन वटा बिषयमा आफ्नो मुख्य असहमति जनाएको छ । विषेशगरी अतिरिक्त सचिव राख्ने,कुलिङ पिरियड दुई बर्षमात्र घटाएर एक बर्ष राख्ने र निजामती सेवाभित्र भेटनरी सेवा पनि समावेश गर्नुपर्ने माओवादी केन्द्रका सचेतकले माग राखेका छन् । आज बिहान बसेको राज्य व्यवस्था तथा सुशासन समितिको विषयगत समितिमा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले बुँदागत रुपमा तीन वटा बिषयमा मुख्य असहमति राखेका हुन ।
बिज्ञापन
पाण्डेका अनुसार,कुलिङ पिरियड, अतिरिक्त सचिवको बिषयमा असहमति रहेको छ भने केन्द्रले निजामती सेवामा भेटनरी सेवा थप गर्ने प्रस्ताव राखेको छ । सत्ता पक्षकै सांसदहरु पनि कुलिङ पिरियड दुई वर्ष राख्नुपर्ने पक्षमा छन् । तर, समितिले एक वर्षको कुलिङ पिरियड राखेर प्रतिवेदन तयार गर्न लागेपछि माओवादीले असहमति जनाएको हो ।
बिज्ञापन
यस्तै माओवादीले अतिरिक्त सचिवको पद आवश्यक नै नहुँदा पनि राख्न खोजिएको भन्दै असहमति व्यक्त गरे। सचिव र सहसचिवको संख्या यथावत राखी थप पद सिर्जना गर्दा आर्थिक भार थपिने हुँदा यदी अतिरिक्त सचिव पद थपिने हो भने सचिव र सहसचिवको पद संख्या घटाउन सुझाव दिएका छन् । यस्तै पाण्डेले भेटेनरी सेवामा तह थप गर्नुपर्ने बताए। उनले भेटेनरीमा ८औं तह राख्नुपर्ने र यो तह राख्दा कर्मचारी व्यवस्थापन सहज हुने दाबी गरेका छन् ।