४७ सहसचिवको एकै पटक सरुवा,१८ लाई प्रदेशमा खटाइँदा एकलाई महानगरपालिका

सरकारले एकै पटक ४७ जना सहसचिवहरुको सरुवा गरेको छ । सरकारले लामो समयदेखि अतिरिक्त समूहमा रहेका र अवधि पुगेका कर्मचारीहरुको सरुवा तथा पदस्थापन गरेको हो । जसमा २७ जना प्रशासन सेवाका,नपोल ईञ्जिनियरिङ सेवाका ७,कृषि र वन सेवाका ७,शिक्षा,स्वास्थ्य र विविध सेवाका कर्मचारीहरु रहेका छन् । जसमा २८ जनाको सरुवा,१८ जना कामकाज र १ जना सहसचिवलाई काजमा खटाइएको छ ।

बिज्ञापन

सरुवाको सूची अनुसार,१८ जना संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका सहसचिवहरुलाई जिम्मेवारी दिएर विभिन्न मन्त्रालय,प्रदेशका कार्यालयहरुमा खटाइएको छ । १८ जनालाई प्रदेश सचिवका रुपमा प्रदेशमा खटन पटन गरिएको छ भने एक जनालाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा महानगरपालिकामा खटाइएको छ ।

बिज्ञापन

सरुवाको सूची अनुसार रुद्र बहादुर कार्कीको लोक सेवा आयोगमा सरुवा गरिएको छ । यज्ञ पुरीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुदूरपश्चिम प्रदेशमा कामकाजका लागि खटाइएको छ । त्यस्तै रोशन ज्ञवालीको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरिएको छ । मोतिराम सापकोटाको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय लुम्बिनी प्रदेशमा कामकाजका लागि खटाइएको छ । सरुवाको सूची अनुसार,मुक्तिराम अर्यालको लोकसेवा आयोगमा सरुवा गरिएको छ भने सहसचिव मुकेश डंगोललाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा काजमा खटाइएको छ ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

कानुनबाट फिर्ता भयो संघीय निजामती सेवा विद्येयक,३०- ५५ को प्रावधान यथावत

रसुवामा म्याद सकिएको विस्फोटक पदार्थ डिस्पोज गर्ने क्रममा विस्फोट, एकको मृत्यु, ६ घाइते

चार सय खरिदार- सुब्बा कटौती,संघीय मन्त्रालयमा दरबन्दी बनाइँदै शून्य

सचिवालयको दबाब : ‘कानुन, विधि हामी हेर्छौ,तपाई सही गर्नुहोस’

स्थायी संयन्त्रमाथि सचिवालय हाबी,अनुचित दबाब ठाडो इन्कार गर्ने प्रशासकहरुको दावी

पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेलमा बस्न नपर्ने

अकिंत कर्णको कहालीलाग्दो संघर्ष : २७ प्रयास पछि बल्ल स्थायी नियुक्तिका लागि सिफारिस

एकैपटक म्याडमद्वारा महिनाभरको हाजिर

बिशेष