चन्द्रकला पौडेल सचिवमा बढुवा भएकी छिन् । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
बिज्ञापन
सचिव अर्जुन पोखरेलले अवकाशपाएपछिको रिक्त पदमा उनको बढुवा भएको हो। पौडेल भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सहसचिवकी रुपमा कार्यरत थिइन् ।
बिज्ञापन
बैठकले रिक्त रहेको भुमी व्यवस्था मन्त्रालयको सचिवमा केदारनाथ शर्माको सरुवा गरेको छ। उनी कोशी प्रदेशको प्रमुख सचिवमा कार्यरत थिए।
बिज्ञापन
सोमबारकै बैठकले प्रधानमन्त्रीको अध्यक्षतामा उच्चस्तरीय सुशासन आयोग गठन गरेको छ।