संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ८ जना उपसचिवको सरुवा गरेको छ ।
बिज्ञापन
मन्त्रालयले प्रशासन सेवाका ७ र शिक्षा सेवाका १ गरी ८ जना उपसचिवहरुको सरुवा गरेको हो । सरुवाको सूची अनुसार,प्रशासन सेवाका ठाकुर प्रसाद तिवारी राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयबाट रक्षा मन्त्रालयमा पुगेका छन । भूमिबाट उपेन्द्र न्यौपानेलाई कामकाजका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेश प्रदेशमा खटाइएको छ । यस्तै रामप्रसाद अचार्यलाई स्वास्थ्य मन्त्रालयमा पठाइएको छ भने श्रम कार्यालय सुर्खेतबाट हरिप्रसाद देवकोटा जिसस बाँके पुगेका छन् ।
बिज्ञापन
सरुवाको सूची अनुसार,जिसनस धनकुटाबाट चन्द्रकला चौलागाईलाई स्वास्थ्य मन्त्रालयमा ल्याइएको छ । यस्तै,राजेन्द्रबहादुर अर्याललाई कान्तिबाल अस्पतालबाट निजगढ नगरपालिका बारामा खटाइएको छ भने नेत्र घिमिरेलाई गृहबाट चापाकोट नगरपालिकामा खटाइएको छ ।
यता शिक्षा सेवाका उपसचिव रेश्मी राज अर्याललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनीबाट शिक्षा मन्त्रालयमा ल्याइएको छ ।