५२ संवैधानिक पदाधिकारीविरुद्ध आज संवैधानिक इजलासमा सुनुवाइ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहितका संवैधानिक निकायमा ५२ जनाको नियुक्ति प्रक्रियाविरुद्ध दायर भएको मुद्दा आज प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहितको पूर्ण इजलासमा सुनुवाइ हुँदै छ ।

बिज्ञापन

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत सहित न्यायाधीशहरु सपना प्रधान मल्ल, डा मनोजकुमार शर्मा, डा। कुमार चुडाल र डा नहकुल सुवेदीको इजलासमा करिव एक दर्जन रिट निवेदनहरुको एकसाथ सुनुवाइ हुन लागेको हो ।

बिज्ञापन

२०७७ मङ्सिर ३० र त्यसपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोकसेवा,मानवअधिकार आयोग, निर्वाचन आयोग,महिला आयोग सहितका विभिन्न संवैद्यानिक निकायमा ५२ जना पदाधिकारीको नियुक्ति सिफारिस गरेका थिए । २०७७ र ७८ सालमा अध्यादेशको भरमा भएको सिफारिसपछि उनीहरु संसदीय सुनुवाइ नै छलेर नियुक्तगरिएको थियो । झण्डै चार बर्ष अगाडि दर्ता भएको उक्त निवेदनमाथि अहिले सुनुवाइ भइरहेको हो ।

३० माघ, २०८१ देखि ५२ संवैधानिक पदाधिकारीहरु विरुद्धको रिट निवेदनमाथि निरन्तर सुनुवाइ भइरहेको हो ।

बिज्ञापन

यसअघि नै अधिवक्ताहरु ओमप्रकाश अर्याल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, समृत खरेलको रिट निवेदनमाथिको बहस सकिएको छ । बाँकी रिट निवेदक र तिनका कानून व्यवसायीले बुधबारदेखि बहस गर्नेछन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मुस्ताङको भेप अनुसन्धानमै जालझेल, मुख्य नाइके जोगाएर भरियामाथि मात्रै मुद्दा ?

चार डीआइजीको सरुवा

तीन हजार युवायुवतीलाई सरकारी इन्टर्नशिप,तयार हुँदै सेवा प्रवाह सहजकर्ताको मस्यौदा

कीर्ते कागजात र विदेशीलाई अध्ययन भिसा छानबिन गर्न सहसचिवको नेतृत्वमा समिति

ट्रेड युनियन खारेजीको रिटमा दुई न्यायधीशको फरक राय : पूर्ण सुनुवाइबाटै टुङ्गो लाग्ने

२९ जना शाखा अधिकृतहरुको सरुवा

९ उपसचिवको सरुवा,३ लाई स्थानीय तह

निजामती कर्मचारीका ट्रेड युनियनमाथिको प्रतिबन्ध अदालतद्धारा सदर

बिशेष