सशस्त्र प्रहरीमा को बन्ला एआईजी ?

सशस्त्र प्रहरीमा रिक्त हुन लागेको एआईजीको एक पदका लागि तिव्र प्रतिस्पर्धा सुरु भइसकेको छ । एआईजी चन्द्रप्रकाश (सिपी) गौतमले आगामी ३ बैशाखदेखि ३० वर्षे सेवाहदका कारण अनिवार्य अवकाश पाउँदैछन् ।उनको अवकाशपछि रिक्त हुने पदका लागि मुख्यगरी चार डीआईजीबीच प्रतिस्पर्धा छ ।

बिज्ञापन

डीआईजीहरू कमल गिरी, गणेश ठाडा मगर, कुलबहादुर नेम्वाङ र शम्भु सुवेदीबीच प्रतिस्पर्धा छ । गिरी सशस्त्र प्रहरी बल प्रशिक्षणको प्रमुख, ठाडामगर नम्बर ३ बाहिनी बागमती प्रमुख, नेम्वाङ नम्बर ४ बाहिनी गण्डकी प्रमुख र सुवेदी नम्बर १ बाहिनी कोशीका प्रमुख हुन्।

बिज्ञापन

अहिले एआईजी हुने तीन वर्षपछि आईजीपी हुने सम्भावना भएकाले अहिले बढुवामा चर्को प्रतिस्पर्धा देखिएको हो । सशस्त्रका अहिलेका महानिरीक्षक राजु अर्यालको कार्यकाल २०८३ को बैशाख १८ सम्म छ । उनीपछि नारायणदत्त पौडेल र बंशीराज दाहालमध्ये एक आईजीपी हुनेछन् ।उनीहरुमध्ये एक २०८४ को चैत १८ सम्म आईजीपी हुने सम्भावना छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

आर्थिक चलखेल गरी फेरि मालपोतका कर्मचारी सरुवा,धमाधम तयार हुँदै रमाना पत्र

एकै साथ तीन दर्जन सहसचिवको सरुवा हुँदै

करेन्ट, भोला, भोला पावर खैनी, जीत खैनीको बिक्रीमा रोक

यी हुन् मन्त्रिपरिषद्को निर्णयहरु

आज वैशाख ०३ गते बुधबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस्

अबदेखि आइत र सोमबार पालिकाका कर्मचारीले अनिवार्य जातीय पोशाक लगाउनुपर्ने

यस्तो छ एक रोपनीमा फैलिएको राजेश हमालको नयाँ बंगला

भ्रष्टाचार मुद्धामा सचिवलाई विशेषको ‘सुनपानी’, फैसलाको बर्ष दिन पछि सर्वोच्चमा पुनरावेदन

बिशेष