सरुवा भएको तीन महिनासम्म शाखा अधिकृतले लिएनन रमाना

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार देशभरका १६९ स्थानीय तह निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा चलिरहेका छन् । प्रमुख प्रशासकीय अधिकृत नहुँदा बजेट निर्माण र कार्यान्वयनको कामदेखि कर्मचारीहरुलाई तलव भत्ता खुवाउन समेत समस्या पर्दै गएको छ ।

बिज्ञापन

सामान्य प्रशासनको अनुसार, सुदूरपश्चिम प्रदेशमा मात्र ४२ वटा स्थानीय तह प्रशासकीय अधिकृतविहीन छन् । सुदूरका कूल ८८ स्थानीय तहमध्ये १ उपमहानगरपालिका, १३ नगरपालिका र २८ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत छैनन् । उता मधेश प्रदेशमा ४२ जनाकै संख्यामा प्रमुख प्रशासकीय अधिकृत छैनन् । त्यहाँका १ महानगरपालिका, २२ नगरपालिका र १९ गाउँपालिका हाकिमविहीन छन् । वीरगञ्ज र विराटनगर महानगरपालिकामै प्रमुख प्रशासकीय अधिकृत छैनन् । यस्तै कोशी प्रदेशका १८ वटा स्थानीय तहको पनि अवस्था उस्तै छ । यता, गण्डकी प्रदेशमा आठवटा स्थानीय तहले प्रमुख विहीनताको समस्या झेलिरहेका छन् । दुई नगरपालिका र ६ गाउँपालिकामा प्रमुखको कुर्सी खाली छ । यता, बागमती प्रदेशका १७ वटा गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नभएको जानकारी प्राप्त भएको छ । लुम्बिनीमा एक उपमहानगरपालिका र १० गाउँपालिका गरी ११ स्थानीय तहले प्रमुख प्रशासकीय अधिकृतको अभाव खेपिरहेका छन् । कर्णाली प्रदेशमा पनि दश नगरपालिका, २१ गाउँपालिका गरी ३१ स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत नहुँदा यी स्थानीय तह निमित्तकै भरमा चलिरहेको छ ।

बिज्ञापन

कतिसम्म भने केही स्थानीय तहमा सरकारले प्रमुख प्रशासकीय अधिकृत खटाएको भए पनि जब्बर अधिकृतहरु सिंहदरबार छाडेर दूरदराज जान नमान्दा महिनौदेखि ती स्थानीय तह निमित्तको भरमा चलिरहेका छन् । त्यस्तै एउटा उदाहरण हो,विकट हुम्लाको अदानचुली गाउँपालिका सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत माघ ९ गते अदानचुली गाउँपालिकालगायत जिल्लाका सबै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई सरुवा गरेको थियो ।

अन्य गाउँपालिकामा मन्त्रालयले खटाएका प्रमुख प्रशासकीय अधिकृतले कामकाज गरेपनि अदानचुलीमा खटाएका परराष्ट्र मन्त्रालयमा कामकाज गरिरहेका ताम्रराज काफ्ले गाउँपालिकामा जान नमानेपछि समस्या भएको जनाइएको छ ।

बिज्ञापन

तीन महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन नहुँदा योजनाको भुक्तानी, कर्मचारीको पारिश्रमिक, जनप्रतिनिधिको सेवा सुविधालगायत आवश्यकीय रकम भुक्तानीमा समस्या भएको सो पालिकाका कर्मचारीहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेलमा बस्न नपर्ने

अकिंत कर्णको कहालीलाग्दो संघर्ष : २७ प्रयास पछि बल्ल स्थायी नियुक्तिका लागि सिफारिस

एकैपटक म्याडमद्वारा महिनाभरको हाजिर

डिम्बको व्यापार : अनुसन्धानको दायरामा डा नुतन

रास्वपा सांसदको प्रस्ताव : सिंहदरबारको नाम परिवर्तन गरौं

समकालीन नेपाली कर्मचारीतन्त्र : परिवर्तनमुखी कर्मचारीतन्त्र, प्रशासनिक जडता र रूपान्तरणको अपरिहार्यता

ग्यास डिपोमा सादा पोशाकका प्रहरी परिचालन

नाट्टा महासचिवमा सुशील पन्तको उम्मेदवारी

बिशेष