सरुवा भएको तीन महिनासम्म शाखा अधिकृतले लिएनन रमाना

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार देशभरका १६९ स्थानीय तह निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा चलिरहेका छन् । प्रमुख प्रशासकीय अधिकृत नहुँदा बजेट निर्माण र कार्यान्वयनको कामदेखि कर्मचारीहरुलाई तलव भत्ता खुवाउन समेत समस्या पर्दै गएको छ ।

बिज्ञापन

सामान्य प्रशासनको अनुसार, सुदूरपश्चिम प्रदेशमा मात्र ४२ वटा स्थानीय तह प्रशासकीय अधिकृतविहीन छन् । सुदूरका कूल ८८ स्थानीय तहमध्ये १ उपमहानगरपालिका, १३ नगरपालिका र २८ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत छैनन् । उता मधेश प्रदेशमा ४२ जनाकै संख्यामा प्रमुख प्रशासकीय अधिकृत छैनन् । त्यहाँका १ महानगरपालिका, २२ नगरपालिका र १९ गाउँपालिका हाकिमविहीन छन् । वीरगञ्ज र विराटनगर महानगरपालिकामै प्रमुख प्रशासकीय अधिकृत छैनन् । यस्तै कोशी प्रदेशका १८ वटा स्थानीय तहको पनि अवस्था उस्तै छ । यता, गण्डकी प्रदेशमा आठवटा स्थानीय तहले प्रमुख विहीनताको समस्या झेलिरहेका छन् । दुई नगरपालिका र ६ गाउँपालिकामा प्रमुखको कुर्सी खाली छ । यता, बागमती प्रदेशका १७ वटा गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नभएको जानकारी प्राप्त भएको छ । लुम्बिनीमा एक उपमहानगरपालिका र १० गाउँपालिका गरी ११ स्थानीय तहले प्रमुख प्रशासकीय अधिकृतको अभाव खेपिरहेका छन् । कर्णाली प्रदेशमा पनि दश नगरपालिका, २१ गाउँपालिका गरी ३१ स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत नहुँदा यी स्थानीय तह निमित्तकै भरमा चलिरहेको छ ।

बिज्ञापन

कतिसम्म भने केही स्थानीय तहमा सरकारले प्रमुख प्रशासकीय अधिकृत खटाएको भए पनि जब्बर अधिकृतहरु सिंहदरबार छाडेर दूरदराज जान नमान्दा महिनौदेखि ती स्थानीय तह निमित्तको भरमा चलिरहेका छन् । त्यस्तै एउटा उदाहरण हो,विकट हुम्लाको अदानचुली गाउँपालिका सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत माघ ९ गते अदानचुली गाउँपालिकालगायत जिल्लाका सबै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई सरुवा गरेको थियो ।

अन्य गाउँपालिकामा मन्त्रालयले खटाएका प्रमुख प्रशासकीय अधिकृतले कामकाज गरेपनि अदानचुलीमा खटाएका परराष्ट्र मन्त्रालयमा कामकाज गरिरहेका ताम्रराज काफ्ले गाउँपालिकामा जान नमानेपछि समस्या भएको जनाइएको छ ।

बिज्ञापन

तीन महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन नहुँदा योजनाको भुक्तानी, कर्मचारीको पारिश्रमिक, जनप्रतिनिधिको सेवा सुविधालगायत आवश्यकीय रकम भुक्तानीमा समस्या भएको सो पालिकाका कर्मचारीहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अबदेखि आइत र सोमबार पालिकाका कर्मचारीले अनिवार्य जातीय पोशाक लगाउनुपर्ने

यस्तो छ एक रोपनीमा फैलिएको राजेश हमालको नयाँ बंगला

भ्रष्टाचार मुद्धामा सचिवलाई विशेषको ‘सुनपानी’, फैसलाको बर्ष दिन पछि सर्वोच्चमा पुनरावेदन

गठबन्धनमा संकट परे पछि ओली-देउवाबिच भेटबार्ता

६५ नाघेकालाई गभर्नर नियुक्ति नगर्न सर्वोच्चको अन्तरिम आदेश, विचौलियाको कस्तो छ ‘प्लान बी’ ?

महिना दिनमै ५ अर्ब ६७ करोड रकमान्तर,कुन शीर्षकमा कति ?

मन्त्रिपरिषद् बैठक बस्दै

बिचौलियाको पहुँच प्रधानमन्त्रीको बेडरूमसम्म छः गगन थापा

बिशेष