नक्कली लाइसेन्स बनाउने यातायातका कर्मचारी पक्राउ, मासिक तीन करोड संकलन

काठमाडौं – बाँकेस्थित यातायात कार्यालय नेपालगञ्जबाट नक्कली लाइसेन्स वितरण गरेको आरोपमा चार जना पक्राउ परेका छन्।

बिज्ञापन

पक्राउ पर्नेमा उक्त कार्यालयमा कार्यरत् कम्प्युटर अपरेटर शक्ति ठाकुर, सहायक कम्प्युटर अपरेटर मनोज गिरी, घरेलु तथा साना उद्योग कार्यालय नेपालगञ्जका नायब सुब्बा मुकुन्दराज केसी र मामा भान्जा मोटर ड्राइभिङ सेन्टरका प्रोप्राइटर शरदकुमार गोराथोकी रहेका छन्।

बिज्ञापन

उनीहरूलाई बाँके जिल्लाका विभिन्न स्थानबाट बुधबार पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले बताए।

टंगालस्थित अख्तियारको मुख्य कार्यालय, बुटवल सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको प्रवक्ता पौडेलले बताए।

बिज्ञापन

यातायात व्यवस्था कार्यालय नेपालगञ्जका कर्मचारीहरुले नक्कली सवारी चालक अनुमति पत्र वितरण गरी मासिक तीन करोड भन्दाबढी रकम संकलन गर्ने गरेको सूचना तथा उजुरीको आधारमा टोली खटिएको थियो।

टोलीले विद्युतीय उपकरणसहित उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको पौडेलले बताए।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

स्थानीय तहमा मध्यमकालीन खर्च संरचना : कागजी औपचारिकता कि वित्तीय अनुशासन ?

एजाइल व्यवस्थापन : परिवर्तनसँगै अघि बढ्ने आधुनिक व्यवस्थापन पद्धति

कानुनबाट फिर्ता भयो संघीय निजामती सेवा विद्येयक,३०- ५५ को प्रावधान यथावत

रसुवामा म्याद सकिएको विस्फोटक पदार्थ डिस्पोज गर्ने क्रममा विस्फोट, एकको मृत्यु, ६ घाइते

चार सय खरिदार- सुब्बा कटौती,संघीय मन्त्रालयमा दरबन्दी बनाइँदै शून्य

सचिवालयको दबाब : ‘कानुन, विधि हामी हेर्छौ,तपाई सही गर्नुहोस’

स्थायी संयन्त्रमाथि सचिवालय हाबी,अनुचित दबाब ठाडो इन्कार गर्ने प्रशासकहरुको दावी

पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेलमा बस्न नपर्ने

बिशेष