क्याविनेटका एक दर्जन निर्णय : सहसचिवको राजीनामादेखि ओएण्डएम स्वीकृतिसम्म

पछिलो मन्त्रिपरिषद् बैठकले गरेका विभिन्न १३ वटा निर्णय सार्वजनिक भएका छन् । जस अनुसार सहसचिवको राजीनामा स्वीकृत,गृह मन्त्रालय तथा मातहतका निकायहरूको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति प्रदान,नेपाली सेनाअन्तर्गत एक जनालाई महासेनानीबाट सहायक रथी दर्जामा बढुवा गर्ने, बौद्धनाथ क्षेत्र विकास समितिको कार्यकारी निर्देशकमा ललितपुरका मोहन कुमार तामाङलाई नियुक्त गर्ने लगायतका निर्णय गरेको छ ।
क्याविनेटले चैत २८ र २९ गते काठमाडौँमा हुने नेपाल भारत भन्सार महानिर्देशकस्तरीय वार्ताका लागि भन्सार विभागका महानिर्देशकको संयोजकत्वमा वार्ता टोली गठन गर्ने र वार्ता गर्न अख्तियारी प्रदान गर्ने,२०८२ बैशाख २६ र २७ गते भुटानको थिम्पुमा आयोजना हुने १८ औँ South Asia Power Secretaries Roundtable (PSRT) कार्यक्रममा सहभागी हुन ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव (ऊर्जा) लाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

बिज्ञापन

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत कार्यरत सहसचिव (प्रा.) राजेन्द्र प्रसाद शर्माको राजीनामा स्वीकृत गर्ने,गृह मन्त्रालय तथा मातहतका निकायहरूको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति प्रदान गर्ने,नेपाली सेनाअन्तर्गत एक जनालाई महासेनानीबाट सहायक रथी दर्जामा बढुवा गर्ने, एक जनालाई सहायक रथीबाट उपरथी दर्जामा बढुवा गर्ने र एक जना उपरथीको वैदेशिक भ्रमण स्वीकृत गर्नेनिर्णय पनि बैठकले गरेको छ ।

बिज्ञापन

यस्तै रातो मच्छिन्द्रनाथको रथयात्रा (भोटो देखाउने जात्रा) र मिननाथ रथयात्राको लागि ६६५.९७ क्यू. फिट काठ गुठी संस्थानलाई उपलब्ध गराउने र उक्त वन पैदावारको हुन आउने राजश्व रोयल्टी मिनाहा गर्ने निर्णय पनि बैठकले गरेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सञ्चार तथा सूचना प्रविधि मन्त्रालय परिवर्तन गरी वडा नं. ४ टप्वा कायम गर्ने र सोको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने,नागरिक एप ( सञ्चालन तथा व्यवस्थापन) निर्देशिका, २०७८ खारेज गर्ने,२०८२ जेठ १५ गतेदेखि १७ गतेसम्म जापानको राजधानी टोकियोमा आयोजना हुने APT (Asia Pacific Telecommunity) Ministerial Meeting ( APT-MM) मा सहभागी हुन सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङलाई स्वीकृति दिने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

कीर्ते कागजात र विदेशीलाई अध्ययन भिसा छानबिन गर्न सहसचिवको नेतृत्वमा समिति

ट्रेड युनियन खारेजीको रिटमा दुई न्यायधीशको फरक राय : पूर्ण सुनुवाइबाटै टुङ्गो लाग्ने

२९ जना शाखा अधिकृतहरुको सरुवा

९ उपसचिवको सरुवा,३ लाई स्थानीय तह

निजामती कर्मचारीका ट्रेड युनियनमाथिको प्रतिबन्ध अदालतद्धारा सदर

यस्ता छन् मन्त्रिपरिषद्का महत्वपूर्ण तीन निर्णयहरु

फरारको सूचीमा आठ इन्स्योरेन्सका सिइओ

अध्यादेशबाट असारभित्रै संघीय निजामती सेवा ऐन ल्याउने सरकारको रणनीति

बिशेष