सडकमा कर्मचारी, चिकित्सक र शिक्षक

पछिल्लो समय राजवादीहरुको आन्दोलनका कारण विथोलिएको छ,देशको राजनीति । यही समयमा शिक्षक,चिकित्सकदेखि कर्मचारीहरु आन्दोलन र धर्नामा छन् ।शिक्षक र कर्मचारीहरु क्रमश शिक्षा ऐजन र संघीय निजामती सेवा ऐनका कारण आन्दोलन र धर्नामा बसेका हुन भने चिकित्सकहरुले तोके अनुसारको तलब र सेवा सुविधा नपाएको भन्दै आन्दोलित भएका हुन ।

बिज्ञापन

केही दिनदेखि काठमाडौं केन्द्रित सडक आन्दोलन गरिरहेका छन्,शिक्षकहरु । सिंहदरबारभित्रै कर्मचारीहरुले धर्ना दिइरहेकै थिए । संघीय निजामती सेवा विद्येयकका कतिपय प्रावधानका कारण आफूहरुको वृत्ति विकासकै बाटो अवरुद्ध हुने स्थिति आएको भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमै कर्मचारीहरुको धर्ना चलिरहेको छ । फेरि चिकित्सकहरु समेत सडकमा निस्किएका छन् ।

बिज्ञापन

विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरु सडक आन्दोलनमा छन् । गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारीमैत्री विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै महासंघको नेतृत्वमा देशभरका शिक्षकहरु २०८१ माघ २० देखि आन्दोलनमा उत्रिएका छन् ।

बिज्ञापन

उनीहरुले माइतीघर मण्डला क्षेत्रमा आन्दोलन गरिरहेका छन् । नेपाल शिक्षक महासंघको आह्वानमा काठमाडौं उपस्थित भएका शिक्षकहरुले सरकारले चैत्र २५ गतेसम्म पनि आफ्ना मागहरु पूरा नगरे शैक्षिक हड्ताल गर्ने चेतावनी दिएका छन् ।


उता आवासीय डाक्टरहरु पनि सडकमा उत्रिएका छन् । सरकारले तोकेअनुसार न्यूनतम पारिश्रमिक नपाएको भन्दै नेपाल मेडिकल कलेज जोरपाटीका आवासीय डाक्टरहरू सडकमा उत्रिएका छन् ।

मन्त्रिपरिषद्बाट पारित भएको न्यूनतम तलब ४८ हजार पाउनु पर्नेमा आफूहरूलाई १९ हजार ५०० मात्र दिइएको भन्दै उनीहरुले माइतीघरमा प्रर्दशन गरेका छन् ।

संघीय निजामती सेवा विद्येयकमा नासु मारा प्रावधान राखिएको भन्दै सिंहदरबारभित्रै केही दिन देखि कर्मचारीहरुको धर्ना चलिरहेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

स्थानीय तहमा मध्यमकालीन खर्च संरचना : कागजी औपचारिकता कि वित्तीय अनुशासन ?

एजाइल व्यवस्थापन : परिवर्तनसँगै अघि बढ्ने आधुनिक व्यवस्थापन पद्धति

कानुनबाट फिर्ता भयो संघीय निजामती सेवा विद्येयक,३०- ५५ को प्रावधान यथावत

रसुवामा म्याद सकिएको विस्फोटक पदार्थ डिस्पोज गर्ने क्रममा विस्फोट, एकको मृत्यु, ६ घाइते

चार सय खरिदार- सुब्बा कटौती,संघीय मन्त्रालयमा दरबन्दी बनाइँदै शून्य

सचिवालयको दबाब : ‘कानुन, विधि हामी हेर्छौ,तपाई सही गर्नुहोस’

स्थायी संयन्त्रमाथि सचिवालय हाबी,अनुचित दबाब ठाडो इन्कार गर्ने प्रशासकहरुको दावी

पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेलमा बस्न नपर्ने

बिशेष