दल निकट ट्रे्ड युनियन चलाउँदै आएको नेपाल राष्ट्रिय कर्मचारी संगठनले राज्यलाई २० औं लाख रकम नतिरेको पाइएको छ । समाजकल्याण परिषद् मातहतको सरकारी जग्गा,भवन उपयोग गरे वापत तिनुपर्ने २० औं लाख रकम नतिरेपछि परिषद्ले एक सूचना जारी गर्दै सो रकम तिर्न भनेको छ ।
बिज्ञापन
समाज कल्याण परिषदको स्वामित्व रहेको राजधानीको भृकृटिमण्डपस्थित भवन भोगचलन गरेबापत कर्मचारी संगठनले लाखौँ रकम नतिरेको पाइएको हो । पटक- पटक रकम तिर्न ताकेता गर्दा पनि रकम तिर्न अटेरी गरेपछि परिषदले सूचना नै प्रकाशन गरेर भाडा तिर्न अल्टिमेटम दिएको छ ।
बिज्ञापन
भृकुटीमण्डप क्षेत्र समाजकल्याण परिषद् अन्तर्गतको भृकुटीमण्डप व्यवस्थापन विभागले हेर्छ ।
बिज्ञापन
सोही विभागले सार्वजनिक गरेको जारी गरेर विभिन्न ५१ संस्था व्यवसायी र व्यक्तिहरूले भाडा बापतको रकम नदिएको खुलेको हो । नेपाल राष्ट्रिय कर्मचारी संगठनले सेतो घर उपयोग गरे वापत १९ लाख ५१ हजार ९ सय ४५ रूपैयाँ बक्यौता तिर्न बाँकी रहेको विभागले जारी गरेको सूचनामा उल्लेख छ । त्यो बक्यौता चुक्ता गर्नका लागि विभागले पटकपटक पत्राचार र सूचना प्रकाशित गरी भाडा तिर्न निर्देशन दिए पनि बेवास्ता गरेसँगै ३५ दिनको अल्टिमेटम दिएको छ । तोकिएको समयभित्र भाडा नबुझाएको खण्डमा कानुनबमोजिम असुलउपर गरिने विभागले चेतावनी दिएको छ ।
अहिले उक्त संगठनलाई सरकारले बबरमहलमा १ रोपनीको जग्गा दिएको छ । उक्त संगठनले १ करोड २५ लाखको ४ तले भवन बनाएर उक्त भवन नै भाडामा लगाइरहेको छ ।