नेपाल राष्ट्रिय कर्मचारी संगठनले तिरेन १९ लाख ५० हजार भाडा

दल निकट ट्रे्ड युनियन चलाउँदै आएको नेपाल  राष्ट्रिय कर्मचारी संगठनले  राज्यलाई २० औं लाख रकम नतिरेको पाइएको छ । समाजकल्याण परिषद् मातहतको सरकारी जग्गा,भवन उपयोग गरे वापत तिनुपर्ने २० औं लाख रकम नतिरेपछि परिषद्ले एक सूचना जारी गर्दै सो रकम तिर्न भनेको छ ।

बिज्ञापन

समाज कल्याण परिषदको स्वामित्व रहेको राजधानीको भृकृटिमण्डपस्थित भवन भोगचलन गरेबापत कर्मचारी संगठनले लाखौँ रकम नतिरेको पाइएको हो । पटक- पटक रकम तिर्न ताकेता गर्दा पनि रकम तिर्न अटेरी गरेपछि परिषदले सूचना नै प्रकाशन गरेर भाडा तिर्न अल्टिमेटम दिएको छ ।

बिज्ञापन

भृकुटीमण्डप क्षेत्र समाजकल्याण परिषद् अन्तर्गतको भृकुटीमण्डप व्यवस्थापन विभागले हेर्छ ।

बिज्ञापन

सोही विभागले सार्वजनिक गरेको जारी गरेर विभिन्न ५१ संस्था व्यवसायी र व्यक्तिहरूले भाडा बापतको रकम नदिएको खुलेको हो । नेपाल राष्ट्रिय कर्मचारी संगठनले सेतो घर उपयोग गरे वापत १९ लाख ५१ हजार ९ सय ४५ रूपैयाँ बक्यौता तिर्न बाँकी रहेको विभागले जारी गरेको सूचनामा उल्लेख छ । त्यो बक्यौता चुक्ता गर्नका लागि विभागले पटकपटक पत्राचार र सूचना प्रकाशित गरी भाडा तिर्न निर्देशन दिए पनि बेवास्ता गरेसँगै ३५ दिनको अल्टिमेटम दिएको छ । तोकिएको समयभित्र भाडा नबुझाएको खण्डमा कानुनबमोजिम असुलउपर गरिने विभागले चेतावनी दिएको छ ।

अहिले उक्त संगठनलाई सरकारले बबरमहलमा १ रोपनीको जग्गा दिएको छ । उक्त संगठनले १ करोड २५ लाखको ४ तले भवन बनाएर उक्त भवन नै भाडामा लगाइरहेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

स्थानीय तहमा मध्यमकालीन खर्च संरचना : कागजी औपचारिकता कि वित्तीय अनुशासन ?

एजाइल व्यवस्थापन : परिवर्तनसँगै अघि बढ्ने आधुनिक व्यवस्थापन पद्धति

कानुनबाट फिर्ता भयो संघीय निजामती सेवा विद्येयक,३०- ५५ को प्रावधान यथावत

रसुवामा म्याद सकिएको विस्फोटक पदार्थ डिस्पोज गर्ने क्रममा विस्फोट, एकको मृत्यु, ६ घाइते

चार सय खरिदार- सुब्बा कटौती,संघीय मन्त्रालयमा दरबन्दी बनाइँदै शून्य

सचिवालयको दबाब : ‘कानुन, विधि हामी हेर्छौ,तपाई सही गर्नुहोस’

स्थायी संयन्त्रमाथि सचिवालय हाबी,अनुचित दबाब ठाडो इन्कार गर्ने प्रशासकहरुको दावी

पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेलमा बस्न नपर्ने

बिशेष