गृहका १० कर्मचारीहरुको सरुवा,पाँच जिल्लाको सिडियो हेरफेर

गृह मन्त्रालयले १० कर्मचारीहरुको सरुवा गरेको छ । मन्त्रालयले सहसचिव र उपसचिवस्तरका १० कर्मचारीहरुको सरुवा गरेको हो । हालै मात्र बढुवा भएर पदस्थापन हुन बाँकी रहेका केही सहसचिवहरुलाई विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी बनाएर खटाइएको छ भने  गृहले कञ्चनपुर,स्याङ्जा,अर्घाखाँची,लमजुङ र प्यूठानका प्रमुख जिल्ला अधिकारीहरु हेरफेर गरेको हो ।

बिज्ञापन

सरुवाको सूची अनुसार कञ्चनपुरमा लक्ष्मण ढकाललाई खटाइएको छ भने नारायणप्रसाद सापकोटालाई गृह फिर्ता भएका छन् ।

बिज्ञापन

त्यस्तै, स्याङ्जामा ईश्वरीप्रसाद अर्याललाई खटाउँदै त्यहाँको प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल पनि गृहमा ल्याइएको छ । अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याललाई गृह मन्त्रालयमा तानिएको छ भने गृह मन्त्रालयका वेद प्रसाद खरेललाई पठाइएको छ । गृहले लमजुङका प्रमुख जिल्ला अधिकारी बुद्ध बहादुर गुरुङको ठाउँमा माधव प्रसाद पोखरेललाई खटाएको छ ।

यस्तै प्युठानबाट रमा आचार्यलाई गृहमा फिर्ता बोलाएर सहसचिव दिपकराज नेपाललाई त्यहाँ खटाइएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

नेपाल वायुसेवा निगमको सञ्चालक सदस्यमा पाँच जना नियुक्त

‘लाली’ र ‘करेन्ट’ चाउचाउ विषक्त, बजारबाट फिर्ता गर्न सरकारको आदेश

सरकारी ठेक्का ह्याकिङ प्रकरण शहरीका सुब्बा कारागार चलान,ठेकेदारहरुलाई धरौटीमा छाड्ने आदेश

ठेकेदारमाथि मन्त्रीको कडा शैली : प्रहरी लगाएर पीएकहाँ बुझाउन आदेश

दुई उपमहानिर्देशकविरुद्ध प्रधानमन्त्री कार्यालयमा उजुरी,प्रदीप अधिकारीसँगको ‘कनेक्सन’

आयोगमा खुला प्रतिस्पर्धाबाट नियुक्ति गरिँदै,सहसचिवको संयोजकत्वमा सिफारिस समिति गठन

स्मार्ट टेलिकम,इन्भेष्टमेन्ट बैंकपछि सीआईबीको अनुसन्धान एनसेलतिर

सचिवको असन्तृष्टि : ‘यो मन्त्रालयको नाम हो कि एनजीओको ?’

बिशेष