२ कार्यालय प्रमुखसँग स्पष्टीकरण,उपसचिव र लेखा अधिकृत निलम्बित

सरकारी सम्पत्तिको उचित संरक्षण गर्न चुकेको,कमाण्ड कन्ट्रोल गर्न नसकेको आरोपमा श्रम मन्त्रालयले दुई कार्यालय प्रमुखसँग स्पष्टीकरण सोधेको छ भने एक उपसचिव र लेखा अधिकृत निलम्बनमा परेका छन् ।

बिज्ञापन

गत शुक्रवार राजावादीहरुको आन्दोलनको क्रममा तीनकुने कोटेश्वर क्षेत्रमा सरकारले कर्फु नै लगाएको थियो । सो समयमा समेत मन्त्रालय,जिल्ला प्रशासन कार्यालयको निर्देशनको अवज्ञा गर्दै उपसचिव र लेखा अधिकृतहरु सो स्थलमा गएपछि उनीहरुले सवार हुँदै आएको सरकारी गाडीमा आगजनी गरी क्षती पुर्याइएको थियो । आन्दोलनका क्रममा सामाजिक सुरक्षा कोषको बीएए ६७२४ नम्बरको गाडी र व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठानको डीएबी ३८६७ नम्बरको गाडी पूर्ण रूपमा ध्वस्त भएको थियो ।

बिज्ञापन

यी सवारी साधनहरु क्रमश सामाजिक सुरक्षा कोषका दशौं तहका अधिकृत उत्तम नेपाल र व्यवावसायिक तथा सीप विकास तालिम प्रतिष्ठानका लेखा अधिकृत कैलाश कुमार चौहानले चढ्दै आएका थिए ।

कमाण्ड कन्ट्रोलमा नबसेको,जिल्ला प्रशासनदेखि मन्त्रालयको निर्देशन समेत अवज्ञा गरेको भन्दै मन्त्रालयले यी दुई कर्मचारीहरुलाई अस्ति शनिबारदेखि नै लागू हुने गरी निलम्बन तथा स्पष्टीकरण सोधेर आइतबार चैत १७ गते जानकारी गराइएको हो ।

बिज्ञापन

यो बिषयमा मन्त्रालयले सहसचिव प्रदीप कोइरालाको नेतृत्वमा उपसचिव एवं सहायक प्रवक्ता मेघनाथ रिमाल तथा उपसचिव शोभा कुमारी पोखरेल रहेको छानबिन समिति गठन गरेको छ ।
यता यही प्रकरणमा दुई इडीहरुसँग स्पष्टीकरण सोधिएको छ । मन्त्रालयले सामाजिक सुरक्षा कोषको कार्यकारी निर्देशकमा कविराज अधिकारी र व्यवावसायिक तथा सीप विकास तालिम प्रतिष्ठानका कार्यकारी निर्देशक रमेश बखतीलाई स्पष्टीकरण सोधेको हो । मन्त्रालयका सचिव कृष्णहरि पुष्करले राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक रमेश कुमार बखती र सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारीलाई ७२ घण्टे स्पष्टीकरण सोधेका छन् ।

उनले सार्वजनिक सवारी साधनमा क्षति पुर्‍याएको घटनाको जिम्मेवारी लिन नसकेको भन्दै स्पष्टीकरण मागेका हुन् । गाडी जलेपछि मन्त्रालयले कार्यालय प्रमुखहरूलाई स्पष्टीकरण सोध्नुका साथै चालक तथा तोकिएको व्यक्ति (गाडी चढ्ने) कर्मचारीलाई निलम्बन मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

स्थानीय तहमा मध्यमकालीन खर्च संरचना : कागजी औपचारिकता कि वित्तीय अनुशासन ?

एजाइल व्यवस्थापन : परिवर्तनसँगै अघि बढ्ने आधुनिक व्यवस्थापन पद्धति

कानुनबाट फिर्ता भयो संघीय निजामती सेवा विद्येयक,३०- ५५ को प्रावधान यथावत

रसुवामा म्याद सकिएको विस्फोटक पदार्थ डिस्पोज गर्ने क्रममा विस्फोट, एकको मृत्यु, ६ घाइते

चार सय खरिदार- सुब्बा कटौती,संघीय मन्त्रालयमा दरबन्दी बनाइँदै शून्य

सचिवालयको दबाब : ‘कानुन, विधि हामी हेर्छौ,तपाई सही गर्नुहोस’

स्थायी संयन्त्रमाथि सचिवालय हाबी,अनुचित दबाब ठाडो इन्कार गर्ने प्रशासकहरुको दावी

पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेलमा बस्न नपर्ने

बिशेष