प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार बैठक आज साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ ।
बिज्ञापन
प्रधानमन्त्री केपी शर्मा ओलीको मित्रराष्ट्र थाइल्याण्डको औपचारिक भ्रमणका लागि थाइल्याण्ड जानु अघि मन्त्रिपरिषद्को बैठक डाकिएको हो । प्रधानमन्त्री ओली यही चैत १९ गतेदेखि २३ गतेसम्म थाइल्याण्डको औपचारिक भ्रमण तथा बिमस्टेकको छैटौं शिखर सम्मेलनमा सहभागी हुने कार्यक्रम तय भएको छ ।
बिज्ञापन
थाइल्याण्डको औपचारिक भ्रमण तथा विस्टेकको छैटौं शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डलको भ्रमणलाई नेपाल सरकार, मन्त्रिपरिषद्को यही चैत ११ गतेको बैठकले स्वीकृत गरिसकेको थियो ।
विमस्टेकमा जानु अघि डाकिएको बैठकमा सरकारका नियमित कामकारबाहीबारे छलफलका अलवा केही महत्त्वपूर्ण नियुक्ति, बढुवा तथा नीतिगत निर्णयहरू समेत हुने अपेक्षा गरिएको छ।
सरकारले गभर्नर नियुक्ति,केही सहसचिवहरुको सरुवा लागयतका निर्णय आज बस्ने क्याविनेटले गर्न सक्ने जनाइएको छ ।