संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ९ जना उपसचिवहरुको सरुवा गरेको छ । मन्त्रालयले प्राविधिक ,प्रशासन,शिक्षा र विविध सेवाका गरी ९ जना उपसचिवहरुको सरुवा गरेको हो ।
सरुवाको सूची अनुसार चार जना प्राविधिक,तीन प्रशासन र शिक्षा,विविध सेवाका एक एक गरी नौ जना उपसचिवस्तरका कर्मचारीहरु सरुवामा परेका छन् ।
हिमाल केसी अख्तियारबाट शहरीमा आएका छन् । यस्तै,विदुर खड्कालाई संघीय आयोजना कार्यन्वयन इकाइ मोरङबाट अख्तियारमा पठाइएको छ । यस्तै,जलश्रोत अनुसन्धान तथा विकास केन्द्रबाट दिनेश पराजुलीलाई अख्तियार,सामान्य प्रशासन अतिरिक्त समूहमा रहि काजमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्,कर्णाली प्रदेशमा कार्यरत रहेका पद्यम देवकोटा उर्जामा ल्याइएको छ ।
यस्तै बासुदेव रेग्मी सञ्चारबाट सामान्यको अतिरिक्तमा तानिदा राष्ट्रिय सूचना प्रविधि केन्द्रबाट शिवजी कुमार गुप्ता रौनियारलाई श्रममा लगिएको छ ।
यस्तै पर्यटनबाट राकेश गुरुङलाई युवा तथा खेलकुदमा लगिएको छ भने लेखनाथ न्यौपाने युवा तथा खेलकुदबाट पर्यटनमा सारिएको छ । यस्तै शिक्षा सेवाका तारापति खरेल युवा तथा खेलकुदमा पुगेका छन् ।
चार प्राविधिक,तीन प्रशासनसहित ९ उपसचिवको सरुवा
