चार प्राविधिक,तीन प्रशासनसहित ९ उपसचिवको सरुवा

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ९ जना उपसचिवहरुको सरुवा गरेको छ । मन्त्रालयले प्राविधिक ,प्रशासन,शिक्षा र विविध सेवाका गरी ९ जना उपसचिवहरुको सरुवा गरेको हो ।
सरुवाको सूची अनुसार चार जना प्राविधिक,तीन प्रशासन र शिक्षा,विविध सेवाका एक एक गरी नौ जना उपसचिवस्तरका कर्मचारीहरु सरुवामा परेका छन् ।
हिमाल केसी अख्तियारबाट शहरीमा आएका छन् । यस्तै,विदुर खड्कालाई संघीय आयोजना कार्यन्वयन इकाइ मोरङबाट अख्तियारमा पठाइएको छ । यस्तै,जलश्रोत अनुसन्धान तथा विकास केन्द्रबाट दिनेश पराजुलीलाई अख्तियार,सामान्य प्रशासन अतिरिक्त समूहमा रहि काजमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्,कर्णाली प्रदेशमा कार्यरत रहेका पद्यम देवकोटा उर्जामा ल्याइएको छ ।
यस्तै बासुदेव रेग्मी सञ्चारबाट सामान्यको अतिरिक्तमा तानिदा राष्ट्रिय सूचना प्रविधि केन्द्रबाट शिवजी कुमार गुप्ता रौनियारलाई श्रममा लगिएको छ ।
यस्तै पर्यटनबाट राकेश गुरुङलाई युवा तथा खेलकुदमा लगिएको छ भने लेखनाथ न्यौपाने युवा तथा खेलकुदबाट पर्यटनमा सारिएको छ । यस्तै शिक्षा सेवाका तारापति खरेल युवा तथा खेलकुदमा पुगेका छन् ।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पदका लागि राजनीतिक रंग फेर्दै ‘पुराना खेलाडी’, रास्वपा निकट बनेर पुनः अवसर खोज्दै विवादित पात्रहरू

उस्तै बदमासी : एउटा भन्सारका १३ कर्मचारी निलम्बित,अर्काे नाकाका कर्मचारीलाई ‘क्लिन चिट’

अधिकृतसँग १ करोड ८ लाख अकुत आर्जन,एक बर्ष कैद सजाय

७२ हजार घुससहित रंगेहात समातिए प्रमुख प्रशासकीय अधिकृत

मन्त्रिपरिषद् बैठकका ८६,सचिव बैठकका ६ निर्णय सार्वजनिक

दुई महिनादेखि अर्थका पाँच सहसचिवको दरबन्दी रिक्त,महत्वपूर्ण विभाग समेत निमित्तकै भरमा

नेपालमा कर्मचारीतन्त्रको नैराश्यता किन बढ्दै छ?

सचिवभन्दा माथि स्वकीय,कर्मचारीको असन्तृष्टि यसरी पोखियो

बिशेष