५ आना जग्गालाई १ रोपनी ५ आना बनाएर विक्री,मालपोत र नापीका कर्मचारीको भागाभाग

ललितपुर मालपोत र नापीका कर्मचारीहरुको भागाभाग शुरु भएको छ । सरकारी लिखतमा कीर्ते गरी जग्गा पास गर्ने कार्यमा जोडिएका केही भूमाफियाहरु प्रहरीको फन्दामा परेसँगै भूमाफियाहरुको योजना अनुसार,जग्गा पास गर्ने कार्यमा सघाउने तत्कालीन कार्यालय प्रमुख,नापी प्रमुख,नापीका सर्भेक्षकका अलवा कीर्ते प्रकरणमा जोडिएका कर्मचारीहरुको रुवावासी र भागाभाग शुरु भएको हो ।

बिज्ञापन

इमाडोलस्थित कर्मनाशा खोलासँग जोडिएको जग्गाको कित्ताकाट गर्दा खोलाको जग्गा मिच्ने,लिखत कीर्ते गर्ने लगायतका प्रकरणमा जोडिएका केही भूमाफियाहरुलाई महानगरीय प्रहरी परिसर ललितपुरले पक्राउ गरेको छ । यसरी भूमाफियाहरु पक्राउ परेसँगै यो कार्यमा सघाउने मालपोत र नापीका कर्मचारीहरुको भागाभाग भएको हो ।

बिज्ञापन

ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका वडा नम्बर १ साविक इमाडोल ६ (घ)को फिल्डबुकमा खोला जनिएको कित्ता नम्बर ४७५ को कर्मनशा खोला बगर तथा नदी उकास सार्वजनिक जग्गा समेत छुट दर्ता गरी परिवर्तित किता नम्बर २४३५ बनाइ विक्री वितरण गरिएको भेटिएपछि सार्वजनिक सरकारी जग्गा बचाउ अभियानले दिएको उजुरीका आधारमा भूमाफियाहरु पक्राउ परेका हुन ।

कित्ता नम्बर २४५१ मा रहेको जग्गा सुजिता खड्काले ६८ साल वैशाख २९ गते खरिद गरेका थिए । सोही जग्गा ०६८ साल साउन १२ गते राधेश्याम श्रेष्ठलाई बेचेका थिए । मालपोत कार्यालय लतिलपुरको रजिष्ट्रेसन नम्बर १४५(ग) राजीनामा पास गर्ने लिखतमा उक्त कित्ता नम्बर २४५१ मा रहेको पाँच आना क्षेत्रफलको जग्गालाई लिखतमा कीर्ते गरी पाँच आनाको आगाडि १ रोपनी थपेर २ आना २ पैसा आफूसँग राखेर बाँकी जग्गा विक्री वितरण गरिएको भेटिएको थियो ।

बिज्ञापन

यसरी ५ आना जग्गालाई ० रोपनीको स्थानमा एक थपेर तयार पारेको लिखत प्रथम दृष्ट्रिमै गैर कानुनी देखिन्छ तर ललितपुर नापी र मालपोतका कर्मचारीहरुले उक्त सुजिता खड्काको ५ आना जग्गाबाट १ रोपनी पाँच आनामध्ये उत्तरतर्फ १ रोपनी १२ आना २ पैसा जग्गा राधेश्याम श्रेष्ठलाई वेचबिखन गरी नापी कार्यालय ललितपुर र नापी कार्यालय मालपोतले नियम कानुन विपरित लिखत बनाएका हुन ।
यही प्रकरणमा उजुरी परेसँगै ललितपुर प्रहरी परिसरले सुजिता खड्का र राधेश्याम श्रेष्ठलाई पक्राउ गरेको छ । यो प्रकरणमा १० जनाविरुद्ध जाहेरी परेकोमा थप ६ जना हिजो पक्राउ परेको ललितपुर प्रहरी परिसरले जनाएको छ ।
एकातिर पाँच आना जग्गालाई मालपोत र नापीका कर्मचारीहरुकै मिलेमातोमा १ रोपनी ५ आना बनाइएको छ भने अर्काेतिर कर्मनशा खोलाको जग्गालाई वट कायम गरिएको छ ।
नियम अनुसार खोलाको जग्गालाई वढ कायम गर्न मिल्दैन । ०७५ सालमा हाल साविक हुँदा यस्ता बदमासी गर्नेहरुलाई सुनमा सुगन्ध मिल्यो । नापीको १ नम्बर टोलीले गरेको उक्त हाल साविकमा भूमाफियालाई खोला बुझाउने काम गर्यो । मालपोत ऐन दफा ३४ को ८ (क)२ मा टेक्नुपर्नेमा सो नटेकी मालपोत ऐन ०३४ को दफा ७ (१) बमोजिम फाइल नक्सा बनाएता पनि ट्रेस नक्सा नबनेको र सो जग्गा हालसाविक पछि नक्सा कायम गरेको देखिन्छ । यो प्रकरणमा जोडिएका भूमाफियाहरु प्रहरी नियन्त्रणमा छन् भने यसमा जोडिएकाहरुलाई कारवाहीको माग गर्दै अख्तियारमा समेत उजुरी परेको छ ।

उता,यही प्रकरणमा जोडिएर केही दिन भूमाफियाहरुको टोलीसँग कार्यालय प्रमुख जीवन सेढाइसँग चर्काचर्की परेको खबर छ । यही प्रकरणमा जोडिएका केही कर्मचारीहरुलाई जोगाउन भूमाफियाहरुले दौडधूप तिव्र पारेका छन् । महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख श्याम कृष्ण अधिकारीले जाहेरीका आधारमा पक्राउ परेकाहरुसँग बयान लिइने र उनीहरुका बयानका आधारमा मालपोत र नापीका कर्मचारीहरु पनि तानिन सक्ने प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।