स्पेनको भ्रमण विवादमा परेपछि सचिव अर्यालको अमेरिकाको कार्यक्रम रद्ध

पछिल्लो समय सञ्चार सचिव राधिका अर्याल विवादमा परेकी छिन् । आफ्नै कार्यशैलीका कारण विवादमा परेपछि अर्यालको पछिल्लो वैदेशिक भ्रमणको कार्यक्रम समेत रद्ध हुन पुगेको छ ।

बिज्ञापन

अर्याल गत साउन पहिलो साता सञ्चार सचिवको रुपमा मन्त्रालयमा  इन्ट्री भएकी हुन,उपराष्ट्रपतिको कार्यालयबाट । उनी मन्त्रालयको इतिहासमा अर्याल पहिलो महिला सचिव समेत हुन । यस्का अलवा लुम्बिनी प्रदेशको पहिलो महिला प्रमुख सचिवका रूपमा समेत काम गरिसकेकी उनी यस अघि सहसचिव रहँदा सञ्चार मन्त्रालयमा नै प्रशासन तथा योजना महाशाखा प्रमुखको रूपमा जिम्मेवारी सम्हालेकी अनुभवि कर्मचारी हुन ।

बिज्ञापन

तर उनै अर्याल पछिल्लो समय एउटा वैदेशिक भ्रमणका कारण विवाद र लफडामा परेकी छिन् । यो आठ महिनाको अवधिमा पटक पटक वैदेशिक कार्यक्रममा सहभागी भएकी छिन्,अर्याल । सञ्चार तथा सूचना प्रविधि मन्त्री छन्,पृथ्वीसुव्वा गुरुङ्ग । यो बीचमा मन्त्रीका लागि इन्टरनेशनल टेलिकम्युनिकेशन यूनियन (आइटियू),विश्व हुलाक संघ (यूपियू), एसिशया प्यासिफिक टेलिकम्युनिटीका अलवा गत महिना स्पेनको बार्सिलोनामा सम्पन्न भएको मोबाइल वल्र्ड कंग्रेस लगायतका आधा दर्जन बढी वैदेशिक भ्रमणका अवसरहरु आएका थिए । तर यस्ता वैदेशिक भ्रमणबाट आफू पन्छदै आएका छन् । गत फागुन १९ देखि २२ गतेसम्म सम्पन्न भएको एउटा वैदेशिक भ्रमणको कार्यक्रममा मन्त्री गुरुङ्गलाई निमन्त्रणा आएको थियो तर उनले सो कार्यक्रममा आफू गएनन्,नेपालको प्रतिनिधित्व गर्दै त्यता पुगेकी सञ्चार सचिव राधिका अर्याल,जस्ले मुलुकै वेइज्जत गरी स्वदेश फर्किएको बिषयले अहिले कर्मचारी वृत्त र सञ्चार मन्त्रालय गर्माएको छ ।

नेपाल टेलिकमको वोर्ड अध्यक्षको भूमिकामा रहेकी उनी टेलिकमकै खर्चमा त्यता पुगेकी हुन । तर अर्याल लगायतको टोली मुख्य कार्यक्रममा सभागिता नै नजनाएको गुनासो सञ्चार मन्त्रालयसम्म पुगेपछि सचिव अर्याल नैतिक रुपमा समेत अप्ठ्यारोमा परेकी छिन् ।

बिज्ञापन

सञ्चार स्रोतका अनुसार,सो कार्यक्रममा सहभागी हुन सचिव अर्यालका अलवा सञ्चारकै सहसचिव कोषहरि निरौला, अर्थका सहसचिव धनिराम शर्माहरुको टोली स्पेन पुगेको थियो तर यो समूहको नेतृत्व गरेकी अर्याल नै मुख्य कार्यक्रममा नबसेर सपिङ्गमा रमाएको भन्दै आयोजकले गुनासो पोखेपछि अहिले मन्त्रालयले छानबिन समिति नै बनाएर छानबिन गरिरहेको छ । स्पेनबाट फिर्ती भएको साता दिन नबित्दै सचिव अर्याल फेरि अमेरिका उड्ने कार्यक्रम थियो । वासिङ्गटन डिसीमा ग्लोबल डिजिटल समिट २०२५ मा अमेरिका जाने कार्यक्रम टिप्पणी उठेर निर्णय समेत भइसकेको थियो । वल्र्ड बैंकले आमन्त्रण गरेको सो कार्यक्रम मार्च १७ देखि २० ( चैत्र ४‑७)सम्म चलेको थियो तर स्पेनको भ्रमण विवादमा परेपछि सचिव अर्यालले स्वीकृत भइसकेको भ्रमण कार्यक्रम समेत रद्ध गरेकी हुन । स्पेनको कार्यक्रम विवाद र लफडामा परेपछि उनी अमेरिका नगएको मन्त्रालय स्रोतले पृष्टि गरेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

प्रधानमन्त्री कार्यालयमा निर्वाचन आयोग पदाधिकारी पनि अपमानित, बोलाएर गेटबाटै दिइएन प्रवेश

नेपालको निजामती प्रशासन: रूपान्तरणको संकट र सुधारको मार्गचित्र

ओली सरकारका खास,वालेन सरकारका आसपास

घरबाट हराएका पूर्व कार्यवाहक महालेखापरीक्षकको शव नारायणी किनारमा

अवकाशको मुखमा अपमान

रास्वपा केन्द्रीय सदस्यमा पूर्व डीआईजी खड्काको उम्मेदवारी, ‘अनुभव र क्षमतालाई राष्ट्रहितमा समर्पित गर्छु’

पदका लागि राजनीतिक रंग फेर्दै ‘पुराना खेलाडी’, रास्वपा निकट बनेर पुनः अवसर खोज्दै विवादित पात्रहरू

उस्तै बदमासी : एउटा भन्सारका १३ कर्मचारी निलम्बित,अर्काे नाकाका कर्मचारीलाई ‘क्लिन चिट’

बिशेष