गत फागुन १२ को मन्त्रिपरिषद्को बैठकले प्रदेशका सचिव राजेन्द्र कुमार केसीलाई निर्वाचन आयोगमा सरुवा गरेको थियो । तर सरुवा भएको ठाउँमा केसी जान नमान्दा बाग्मती प्रदेशमा सचिव व्यवस्थापन चुनौती थपिएको छ ।
बिज्ञापन
फागुन १२ को मन्त्रिपरिषद्ले ७८ जना सहसचिवको सरुवा गर्दा सूचीको ६० औं नम्बरमा राजेन्द्र केसीको नाम देखिन्छ । केसीलाई निर्वाचन आयोगमा सरुवा गरिएको छ तर बाग्मती प्रदेशको उद्योग, वाणिज्य, भूमी तथा प्रशासन मन्त्रालय छाड्न नमान्दा त्यहाँ सचिव व्यवस्थापनमा सकस परेको छ । शहरी विकास मन्त्रालयबाट बाग्मती प्रदेशमा खटाइएको थियो,विनु बज्राचार्यलाई । बज्राचार्य सरुवा भए सँगै बागमतीमा पुगिसकेकी छिन् । तर महिना दिनदेखि उनलाई बागमतीलाई पेण्डुलम बनाएर राखिएको छ ।
विनुलाई धपाएर शहरी विकास मन्त्री प्रकाशनमान सिंहले यस अघि उपसचिव हुँदा सीता गुरुङ्गको स्वकीय भएर बसेका पछि राजश्व अनुसन्धान हुँदै अहिले बढूवा भएका नारायण मैनालीलाई भित्र्याएका छन् । विनु राजप्रसाद सेवा (दरबार) सेवाबाट आएकी कर्मचारी हुन । उनी ०८० भदौमा राष्ट्रिय सतर्कता केन्द्रबाट सहरी विकास मन्त्रालय प्रवेश पाएकी थिइन । गत बर्ष भदौंमा प्रदिप परियारलाई विस्थापित गरेर प्रशासन महाशाखा प्रमुख बनेकी विनु राजप्रसाद सेवाबाट आएकी एक्ली सहसचिव हुन ।
बिज्ञापन
विनुलाई गत फागुन १२ गते बाग्मती प्रदेशमा पठाइएकोमा त्यहाँ समेत पेलानमा पारिएको छ । हाल सो प्रदेशका १४ मन्त्रालयमा हाल १६ सचिव छन् । संघीय सरकारबाट सरुवा लिएर आएका १४ र प्रदेशले बढुवा गरी ११ औँ तहमा नियुक्त गरेका २ जना सचिव छन् । प्रदेशले बढुवा गरी ११ औँ तह (सचिव) बनाएका अन्य ११ जना भने विभिन्न विभाग तथा निर्देशनालयमा निर्देशकको भूमिकामा छन् । मुख्यमन्त्री कार्यालयको प्रशासन तथा बैठक महाशाखाका सचिव वेदबहादुर भण्डारी आएको ३ महिनामै सरुवा भएर गएका छन् । सचिव भण्डारी रमाना लिएर गएलगत्तै मुख्यमन्त्री कार्यालयको प्रशासन तथा बैठक महाशाखाको सचिव पद रिक्त छ । यद्यपि कार्य प्रभावित हुन नदिन मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले शासकीय सुधार तथा समन्वय महाशाखाका सचिव रितेश शाक्यलाई थप जिम्मेवारी दिएको छ । गत फागुन २७ गते बसेको मन्त्रिपरिषद् बैठकले सरुवा भई आएका २ सचिवको पदस्थापन गर्नेगरी निर्णय गरेको थियो । तर, निर्णय भएको एकसाता पूरा हुँदा कार्यान्वयनमा भने आउन सकेको छैन ।
बिज्ञापन
सहरी विकास मन्त्रालयबाट सरुवा भई आएकी विनु बज्राचार्य र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका कृष्णबहादुर शाहीले जिम्मेवारी नपाउँदा मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको बरण्डामा थन्किनु परेको हो । उनीहरूसँगै सरुवा भएका प्रदेशको उद्योग, वाणिज्य तथा प्रशासन मन्त्रालयका सचिव राजेन्द्र केसी निर्वाचन आयोग अन्तर्गत जान नमान्दा त्यहाँ कर्मचारी सरुवा पेचिलो बनेको छ । यद्यपि यो बिषयमा विनुसँग जिज्ञासा राख्दा,आफूलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राखिएको जबाफ दिइन । तपाईलाई त्यहाँ कुन शाखा/महाशाखाको जिम्मेवारी दिइएको छ त ? भन्ने प्रश्न गर्दा उनले कुनै जबाफ दिन चाहिनन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले भने अबको केही दिनभित्रैमा सचिवको व्यवस्थापन गरिने प्रतिक्रिया दिएको छ ।
सो प्रदेशबाट महिना दिन अगाडि नै सरुवा भएका सचिव राजेन्द्र केसीलाई उद्योग मन्त्री सुकमाया तमाङले च्यापेका कारण सचिव व्यवस्थापन चुनौतीपूर्ण बनेको प्रदेश मन्त्रालय स्रोतले जनाएको छ ।