हाकिम देव्रे हुँदा रेटियो कासमू,छुटे सहसचिव बढुवामा

हाकिमहरु देब्रे हुँदा कर्मचारीको कासमू कसरी रेटिन्छ र ती बढूवाको लहरबाट कसरी छुट्न पुग्छन् भन्ने एउटा उदाहरण हुन उपसचिव लेखनाथ गौतम । गौतम सहसचिव बन्ने लाइनका कर्मचारी हुन तर हाकिम देव्रे हुँदा यो लटमा उनी बढूवा हुनबाट छुटेका छन् ।

बिज्ञापन

परराष्ट्र सेवाबाट आधा दर्जन उपसचिवहरु सहसचिवमा बढूवा सिफारिस भए,कार्यसम्पादन मूल्यांकन र जेष्ठताका आधारमा भएको बढूवा सिफारिसमा गौतम छुटेका हुन । जेष्ठता र कार्यसम्पादन मूल्यांकनको आधारमा नेपाल परराष्ट्र सेवाका बढुवाका लागि उम्मेदवारी दिएका १० मध्ये पुष्पराज भट्टराई, मणिरन्त शर्मा, लोकबहादुर पौडेल, किरण शाक्य दुरपदा सापकोटा सहसचिवमा बढुवा हुँदा कार्यक्षमता मूल्यांकनद्वारा दधिराम भण्डारी, हरिप्रसाद ओडारी, प्रकाश अधिकारी, डमरुबल्लभ पौडेल र पारस पण्डित सहसचिवमा उक्लिसकेका छन् । लोकसेवा आयोगका पूर्व अध्यक्ष उमेश मैनालीको पुत्री ईला मैनालीका अलवा रोशन खनाल र रोजिना ताम्राकार आन्तरिक खुला प्रतिस्पर्धाबाट सहसचिवमा उक्लिसकेका छन् ।

बिज्ञापन

सहकर्मी उपसचिवहरु कोही जेष्ठता तथा कार्यसम्पादन मूल्यांकन त केही कार्यक्षमता मुल्यांकनमा ९५ प्रतिशत भन्दा बढी अंक ल्याएर सहसचिवमा उक्लदा उनी भने सिनियर भएर पनि उपसचिवमै छुटेका छन् । यसका पछाडि अघिल्लो सचिवले उनको कासमू अंक रेटेका कारण बढुवामा उनी पछि परेको बिषय अहिले बाहिरिएको छ । पूर्व सचिव राजदूतको जिम्मेवारी सम्हाल्न क्यानाडा जानु अगाडि गौतमको कासमू अंक रेटेका कारण   एक दर्जन उपसचिवहरु बढुवा हुँदा पनि उनी त्यसभित्र अटाउन नसकेका हुन ।
नियम अनुसार,७५ देखि ९५ अंक दिएको अवस्थामा सामान्यतया कारण खुलाउनु नपरे पनि ७५ भन्दा घटी वा ९५ भन्दा बढी दिँदा भने केही न केही लेख्नैपर्ने हुन्छ ।

अहिले गौतम कन्सुलर सेवा विभागमा छन् । यसअघि नायव शिष्टाचार महापाल (डेपुटी चिफ अफ प्रोटोकल) र थाइल्याण्डमा गणेश ढकाल राजदूत हुँदा बैंककस्थित दूतावासमा कार्यरत थिए । नारायणकाजी श्रेष्ठ परराष्ट्र मन्त्री हुँदा उनको पिए रहेका थिए । एमाले पृष्ठभूमिका गौतमलाई अहिलेका प्रधानमन्त्री केपी शर्मा ओली २०६२/ ६३ मा परराष्ट्रमन्त्री हुँदा वासिङ्गटनको कन्सुलेट कार्यालयबाट बीचैमा तानेर कोलम्बो लगिएका थिए । निजामतीमा उमेर हद ६० बनाइए झण्डै आधा दशक जागिर खानेछन् ।

बिज्ञापन

हाकिमलाई सुमेरु पर्वत मानेर दयाँ बायाँ घुम्ने कर्मचारीले बढी अंक पाउने,काम गर्ने तर हाकिमको चाकडी नगर्ने  कर्मचारीको कासमू रेटिने विकृतीकै कारण संघीय निजामती सेवा विद्येयकमा कासमू वैज्ञानिक,व्यवहारिक,बस्तुनिष्ठ नभएको,हाकिमको तजबिजीमा चल्ने भएका कारण यसमा पुर्नवीचार हुनुपर्ने बिषय उठ्दै आएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

यी हुन असार मसान्त अगावै अनिवार्य अवकाशमा जान लागेका १४ सहसचिव

आज ललितपुर महानगरपालिकामा स्थानीय बिदा

काँग्रेस-एमाले सरकार बनेयता १३३ नियुक्ति,ठूला पद जति काँग्रेसलाई

खेलकुद पत्रकार मञ्चमा अधिकारी

पाकिस्तानमा तालिमप्राप्त नेपाली सैनिक अधिकृतको भेला

पाकिस्तानमा रहेका कर्मचारीलाई सुरक्षित स्थानमा जान अमेरिकाको निर्देशन

National Security Council reviews India-Pakistan latest developments

कासमूको सक्कल पठाइदिन सामान्यको परिपत्र

बिशेष