कसैलाई विरालोले मूसा खेलाएझैं तीन तीन महिनामा यताबाट उता भकुण्डो बनाउने,केहीको हकमा एक दशकसम्म सिंहदरबारको ढोकाबाट दायाँ‑ बायाँ डेगै चल्नु नपर्ने ! सायद यही होला मस्त्य न्याय भनेको ।
कर्मचारीहरु परिचालन गर्दै आएको संघीय मामिला तथा सामान्य प्रशासनमा कार्यरत रहेकामध्ये झण्डै २५ प्रतिशत बढी कर्मचारीहरु पाँचदेखि दश बर्षसम्म मन्त्रालयमा जरा गाँढेर बसेको भेटिएको छ । जसमध्ये केही यस्ता कर्मचारी छन्,जो जागिर खाएको साढे दुई दशकसम्म सिंहदरबारको चौघेरा तोडेर बाहिर जानु परेको छैन । कर्मचारी प्रेस डटकमले मन्त्रालयमा कार्यरत रहेका खरिदारदेखि उपसचिवसम्म कर्मचारीहरुको विवरण हेर्दा उपसचिव जनकराज शर्मा,महेन्द्र कुमार सापकोटा,मोहनकुमार घिमिरे,बन्दना झा,रुपनारायण खतिवडाहरु लामो समय सिंहदरबारमै परिक्रमा लगाएर जागिर खाने डन कर्मचारीभित्र पर्दछन् । जसमध्ये मोहन घिमिरे जागिर खाए देखि सिंहदरबारको चौघेरा छोडेर कहिल्यै बाहिर नजाने कर्मचारीका रुपमा चिनिन्छन् ।
शाखा अधिकृत हरि प्रसाद पौडेल,दिपेश पौडेल,शर्मिला न्यौपाने,लेखनाथ भट्टराई,खगेन्द्र पौडेल,जयराम उप्रेती पनि यही लाइनका कर्मचारी हुन । उपसचिव रुपनारायण भ्रष्टाचारको मुद्दामा ५ बर्ष निलम्बनमा परी विशेष अदालतबाट मुद्दा जितेर आएका कर्मचारी हुन । जुन मन्त्री परिवर्तन भए पनि उनी संघीय मामिला तथा सामान्य प्रशासनको कर्मचारी प्रशासनमा रजगज गर्नेमा पर्दछन् । यस अघि कर्मचारी प्रशासन शाखामा रहँदा स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको सरुवामा दर रेटै तोकेर कर्मचारी सरुवा गर्दै आएको भेटिएपछि एकनारायण अर्याल सचिव भएको केही समय पछि उनी सरुवामा परेका थिए । एकनारायण अर्याल सचिवबाट हटे लगतै फेरि मन्त्रालयमा छिरेका उनी अहिले संगठन विकास शाखा सम्हालिरहेका छन् । खतिवडा ०७६ देखि खतिवडा सामान्य प्रशासन मन्त्रालयका विभिन्न शाखामा घुमेर जागिर खाइरहेका छन् । यस्तै उपसचिव रेशमलाल कँडेल ०७३ देखि सामान्य प्रशासन मन्त्रालयका शाखा परिवर्तन गरेर जागिर खाने कर्मचारीका रुपमा चिनिन्छन । अहिले कँडेललाई स्थानीय समन्वय शाखाको जिम्मेवारी दिइएको छ। अधिकृत हुँदासम्म पर्यटन मन्त्रालयमा कार्यरत रही पानी बढूवाबाट उपसचिवमा उक्लिएका मोहन कुमार घिमिरेले सरकारी सेवा प्रवेश गरेको २७ बर्ष व्यतित हुँदा यता सिंहदरबारको चैघेरा छोडेर बाहिर जानु परेको छैन । यस अघि अमनलाल मोदी मन्त्री हुँदा उनलाई माधव नेपालकै क्षेत्र रहेको पालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाइएको थियो उनी सो पालिकामा खुट्टै टेकेननन्,सिंहदरबारभित्रै बसेर रजगज गरिरहेका छन् । अहिले वातावरणीय तथा विपद् शाखाको जिम्मेवारी सम्हालिरहेका छन् ।
बिज्ञापन
त्यहाँका रैथाने कर्मचारीहरुमा सामान्य प्रशासनको पूर्व ट्रेड युनियनको अध्यक्ष गणेश आचार्य,उपसचिव महेन्द्र कुमार सापकोटा, गोविन्द फुँयालदेखि ,शेखरनिधि दाहाल लगायतका नाम आउने गर्दछ । यिनलाई सिंहदरबारको गेट छाडेर अन्यन्त्र कतै जानु परेको छैन । निजामती सेवा ऐनमा बढीमा २ बर्षसम्म बस्न पाउने ऐनमा व्यवस्था हुँदाहुँदै १० बर्षसम्म राख्ने जिम्मेवार पदाधिकारीलाई कारवाही हुनुपर्दछ कि पर्दैन ? यस्तै सामान्यका नासुहरु अक्कलमान महर्जन,रामराज न्यौपाने,नमराज वाग्ले सिंहदरबारस्थित सोही मन्त्रालय छाडेर बाहिर जानु परेको छैन ।
उता एमाले निकट नेपाल निजामती कर्मचारी संगठनका पूर्व अध्यक्ष केदार देवकोटाहरुले समूहले संगठनको कामका लागि भन्दै ७८ लाख गोलमाल गरेको बिषयमा प्रश्न उठाउँदा हालैमात्र निवर्तमान बनेका लेखनाथ कोइराला र पूर्व अध्यक्ष केदार देवकोटाबीच चर्काचर्की नै परेको खबर छ ।