गृहमा मस्त्य न्याय : कोही चार महिना बरण्डामा,केहीलाई मन्त्रालय भित्रिएको भोलिपल्टै सिडियो

सायद,यही होला मस्त्य न्याय भनेको,केही कर्मचारीलाई विना कसुर चार महिनासम्म मन्त्रालयको बरण्डामा,अनि मन्त्री सचिवसँग हित चित मिलेका केही कर्मचारीलाई अघिल्लो दिन सिडियोबाट मन्त्रालयमा तानिन्छ भोलिपल्टै,सिडियोबाट सिडियोकै रुपमा भोलिपल्टै अर्काे जिल्लामा सरुवा हुन्छन् ।   गृहमन्त्री रमेश लेखक,सचिव गोकर्णमणि दुवाडीको राजमा कर्मचारीहरुले भोगिरहेको भुक्तमान हो यो ।

बिज्ञापन

गृह मन्त्रालयले कर्मचारी सरुवामा न्यायसंगत ढङ्गबाट काम नगरेको भन्दै कर्मचारीहरुले आपत्ति जनाउन थालेका छन् । पछिल्लो समय सबैभन्दा धेरै कर्मचारी अतिरिक्त समूहमा थन्काइने मन्त्रालय बन्न पुगेको छ यो मन्त्रालय । जहाँका मन्त्री छन्,रमेश रिजाल,भूमिबाट गृहमा पुगेका गोकर्णमणि दुवाडीका अलवा पर्वते कर्मचारीहरु रामचन्द्र तिवारी,छवि र बद्री रिजालहरुका कारण गृहको कर्मचारी प्रशासन लथालिङ्ग हुन पुगेको टिप्पणी गर्दछन्,कर्मचारीहरु ।
जस्तो पछिल्लो समय गृह मन्त्रालयले किस्ता किस्तामा कर्मचारी चलाइरहेको छ,फागुन २२ गते सात जना सहसचिवको सरुवा गरेको गृहले विहिवार १२ सहसचिव र १ उपसचिवको सरुवाको सूची सार्वजनिक गरेको थियो । यस्तै बिहिबार नै थप दुई उपसचिवको सरुवा सूची सार्वजनिक गरेको गृहले शुक्रवार ९ उपसचिव र २८ जना शाखा अधिकृतको सरुवा गरेको छ ।
सरुवा गर्दा केही कर्मचारीहरुलाई तीन देखि चार महिनासम्म बरण्डामा राखिएको छ भने केही गृहमा भित्रिएको भोलिपल्टै जिम्मेवारी पाएका छन् । जस्तो अहिले पनि गृहको अतिरिक्त समूहमा बन्धुप्रसाद बास्तोला, भट्टराईसहित दीपकराज नेपाल, माधवप्रसाद पोखरेल, ईश्वरीप्रसाद अर्याल, सुरेन्द्र पौड्याल, बलराम रिज्याल, नारायणप्रसाद रिसाल लगायतका सहसचिवहरु रहेका छन् भने उपसचिव कैलाश ठकुराठीका अलवा खेमराज ओझा, अमरदिप सुनुवार र सहदेव रायमाझीले मन्त्रालयको अतिरिक्त समूहमा रहेका छन् । जसमध्ये गृहले बिहिबारमात्र सिरहाको प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाललाई गृहमा तानेर त्यहाँ विश्वप्रकाश अर्याललाई खटाएको छ । अर्याल ०८० पुस ५ देखि त्यहाँका प्रमुख जिल्ला अधिकारी थिए उनलाई गृहमा तानिएको भोलिपल्टै सिरहाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएर पठाइएको छ । जबकी गृहमा आधा दर्जन सहसचिव दुई महिनादेखि जिम्मेवारविहिन छन् ।
यस्तै गृहले चार महिना पछि कैलाश ठकुराठीलाई बझाङको प्रमुख जिल्ला अधिकारीको रुपमा खटाएको छ । गृहको बरण्डामा बसेको चार महिना पछि सचिवस्तरीय निर्णयबाट ठकुराठीलाई बझाङमा खटाइएको हो । उनी गत मंसिर ५ गते मन्त्रालयमा हाजिर भएका थिए । ठकुराठीझैं बन्धुप्रसाद बास्तोला २६ पुसमा र प्रेमप्रसाद भट्टराई २७ पुसमा मन्त्रालयमा हाजिर भए पनि जिम्मेवारविहिन छ । यस्तै उपसचिवत्रय खेमराज ओझा कात्तिक ४ गते, अमरदीप सुनुवार मंसिर १७ गते र सहदेव रायमाझी पुस २७ गते मन्त्रालयमा हाजिर भएका छन्,उनीहरुलाई आजसम्म बरण्डामा राखिएको छ ।

बिज्ञापन

गृहले किस्ता किस्तामा कर्मचारीको सरुवा सूची निकाले पनि यस अघि मापदण्ड विपरित सहसचिवको दरबन्दी रहेका जिल्लामा खटाइएका उपसचिव सिडियोहरुलाई अहिलेसम्म फिर्ता बोलाउन सकेको छैन ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

यी हुन असार मसान्त अगावै अनिवार्य अवकाशमा जान लागेका १४ सहसचिव

आज ललितपुर महानगरपालिकामा स्थानीय बिदा

काँग्रेस-एमाले सरकार बनेयता १३३ नियुक्ति,ठूला पद जति काँग्रेसलाई

खेलकुद पत्रकार मञ्चमा अधिकारी

पाकिस्तानमा तालिमप्राप्त नेपाली सैनिक अधिकृतको भेला

पाकिस्तानमा रहेका कर्मचारीलाई सुरक्षित स्थानमा जान अमेरिकाको निर्देशन

National Security Council reviews India-Pakistan latest developments

कासमूको सक्कल पठाइदिन सामान्यको परिपत्र

बिशेष