गृह मन्त्रालयले २८ अधिकृतहरुको पदस्थापन तथा सरुवा गरेको छ ।
मन्त्रालयले तीन जना शाखा अधिकृतलाई सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा पठाएको छ । जस अनुसार,चिरञ्जिवी सापकोटालाई जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु,नन्दराम परियारलाई सोलुखुम्बु,दीपक पौडेललाई बझाङमा पठाएको छ ।
यस्तै गृहले अन्य १७ जनालाई प्रशासकीय अधिकृतको जिम्मेवारीसहित खटाएको छ । यस्तै ८ जनालाई इलाका प्रशासन र कारागार प्रशासनमा खटाएको गृहले जनाएको छ।
गृहका २८ अधिकृतको सरुवा :- १७ लाई प्रशासकीय अधिकृत,तीनलाई सहायक प्रमुख जिल्ला अधिकारी
