खरिदारदेखि अधिकृततहसम्मका कर्मचारीको सरुवा सूची निस्कदै

संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले ठूलो संख्यामा खरिदारदेखि अधिकृत तहसम्मको सरुवाको सूची निकाल्ने तयारी गरिरहेको छ ।

बिज्ञापन

यस अघि मनलाग्दी ढङ्गबाट हुँदै आएको कर्मचारी सरुवालाई व्यवस्थित गर्दै मन्त्रालयले हरेक महिनाको १ र १५ गते कर्मचारी सरुवाको सूची सार्वजनिक गर्दै आएको छ ।
पछिल्लो समय रविलाल पन्थले मन्त्रालयको सचिवको जिम्मेवारी सम्हालेसँगै सरुवालाई प्रणालीलाई व्यवस्थित र पारदर्शी बनाउने प्रयत्न गरिरहेको छन् । सोही योजना अनुसार कर्मचारी सरुवा प्रणालीलाई छिटो, छरितो व्यवस्थित, प्रभावकारी र न्यायोचित बनाउने उद्देश्यले मन्त्रालयले १५ दिनको अन्तरालमा हरेक महिना दुई पटक मात्र सरुवा गर्दै आएको छ । गत माघ महिनादेखि यो प्रणाली सुरु गरिएको हो ।
सोही अनुसार मन्त्रालयले चैत्र महिनाको पहिलो साता खरिदारदेखि अधिकृत तहसम्मका एक सय बढी कर्मचारीहरुको सरुवाको सूची सार्वजनिक गर्न लागेको हो ।
जसमा ५० भन्दा बढी खरिदारदेखि सुव्वा तहका कर्मचारीहरुको सरुवाको सूची निस्कदै छ भने ५० बढी अधिकृतहरुको सरुवा हुन लागेको मन्त्रालयले जनाएको छ । अझैं पनि देशका १८७ बढी स्थानीय तह निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा चलिरहेको छ । मन्त्रालयले निमित्तका भरमा चलेका स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत पठाउने तयारी गरेको हो ।
पछिल्लो समय पन्थ सचिव भएसँगै कर्मचारी सरुवा व्यवस्थित र पारदर्शी हुँदै गएको छ । मन्त्रालयले महिनाको दुई पटक सरुवाको सूची सार्वजनिक गर्दै आएको छ । जस अनुसार प्रत्येक महिनाको १ देखि ३ गतेभित्र पहिलो चरणमा १५ देखि १८ गते दोश्रो चरणमा कर्मचारी सरुवा गर्दै आएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेलमा बस्न नपर्ने

अकिंत कर्णको कहालीलाग्दो संघर्ष : २७ प्रयास पछि बल्ल स्थायी नियुक्तिका लागि सिफारिस

एकैपटक म्याडमद्वारा महिनाभरको हाजिर

डिम्बको व्यापार : अनुसन्धानको दायरामा डा नुतन

रास्वपा सांसदको प्रस्ताव : सिंहदरबारको नाम परिवर्तन गरौं

समकालीन नेपाली कर्मचारीतन्त्र : परिवर्तनमुखी कर्मचारीतन्त्र, प्रशासनिक जडता र रूपान्तरणको अपरिहार्यता

ग्यास डिपोमा सादा पोशाकका प्रहरी परिचालन

नाट्टा महासचिवमा सुशील पन्तको उम्मेदवारी

बिशेष