संघीय संसद सचिवालयले हलुका सवारी चालकका रुपमा कार्यरत रहेका शरण कुमार गुरुङसँग स्पष्टीकरण सोधेको छ । माधव नेपाल निकट एकीकृत सरकारी कर्मचारी संगठन,नेपालबाट विद्रोह गरेर स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठनका अध्यक्ष समेत रहेका गुरुङ ०८१ साल मंसिर १३ गतेदेखि हालसम्म कार्यालयमा कुनै जानकारी नदिई बिदा स्वीकृत नगराई लगातार अनुपस्थित रहेको, कर्मचारीले पालना गर्नुपर्ने आचरण (समय पालना र नियमितता, अनुशासन र आज्ञापालन लगायतका अन्य आचरण) समेत पालना नगरेको कारण संघीय संसद सचिवालयले उनीसँग स्पष्टीकरण माग गरेको हो ।
बिज्ञापन
गुरुङ संघीय संसद सचिवालयको हलुका सवारी चालक (पाँचौं) पदमा कार्यरत छन् । कर्मचारी संकेत नम्बर १३८७०३० रहेका उनी सो कार्यालयमा रहे पनि १२ वर्षभन्दा बढी समयदेखि सवारी चलाउन इन्कार गरिरहेको संघीय संसद सचिवालयले जनाएको छ । सचिवालयका अनुसार विगत वर्षहरूमा पटक पटक गयल कट्टीमा परेको, चेतावनी समेत दिइएको,कार्यालयमा उपस्थित भएको अवस्थामा पनि आफ्नो कार्य सम्पादन नगरी जिम्मेवारीको वरावर वेवास्ता गरेको बताइएको छ ।
बिज्ञापन
सचिवालयद्धारा जारी सूचनामा भनिएको छ, २०८१ साल मंसिर १३ गतेदेखि हालसम्म कार्यालयमा कुनै जानकारी नदिई बिदा स्वीकृत नगराई लगातार अनुपस्थित रहनु भई कर्मचारीले पालना गर्नुपर्ने आचरण (समय पालना र नियमितता, अनुशासन र आज्ञापालन लगायतका अन्य आचरण) बराबर उल्लङ्घन गर्नु भएकोले यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले सात दिनभित्र स्पष्टीकरण पेश गर्न सूचित गरिन्छ।
सो समयभित्र स्पष्टीकरण पेश नगरेमा वा पेश गरेको स्पष्टीकरण सन्तोषजनक नभएमा कानुन बमोजिम हुने जनाएको छ ।
शनिश्चरे गा वि स वडा नं १ सातपन्ने टोल, झापा (हाल अर्जुनधारा नगरपालिका) स्थायी ठेगना रहेका गुरुङ पूर्व प्रधानमन्त्री तथा नेकपा एसका अध्यक्ष माधव नेपालका भाञ्जे ज्वाई समेत हुन ।
बिज्ञापन
एकीकृत सरकारी कर्मचारी संगठनका संस्थापक अध्यक्ष मोहन घिमिरे, २४ घ बाट उपसचिवमा उक्लिए । घिमिरेझैँ गगनसिंह विष्ट पनि उपसचिवमा बढूवा भएका हुन् । टे«ड युनियनको अधिकार अधिकृतसम्म हो, उपसचिवलाई त्यस्तो सुविधा छैन । त्यही कारण मोहन र गगनहरू संगठनबाट बाहिरिए र यामबहादुर खत्रीलाई अध्यक्ष बनाइएसँगै शरण उक्त संगठनमा विद्रोह गरेर अलग भएका हुन । शरणलाई पेशागत महासंघको जिम्मेवारी दिइएको थियो तर उक्त जिम्मेवारी इन्कार गरेर उनी विद्रोह गरेर स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठनका नाममा गतिविधि गरिरहेका छन् ।