भ्रष्टाचार मुद्धामा शाखा अधिकृतसहित ९ लाई सफाइ

भ्रष्टाचार मुद्धामा शाखा अधिकृतसहित ९ जनाले विशेषबाट सफाई पाएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ महिना अगाडिमात्र सप्तरीको तिरहुत गाउँपालिकामा भएको भ्रष्टाचारसम्बन्धी मुद्धामा उँपालिकाका उपाध्यक्ष एवम् योजना अनुगमन समितिको संयोजकसहित तत्कालीन प्रमुख प्रशासकीय अधिकृत,इञ्जिनियर,सब इीञ्जनियर लगायत ९ जनालाई प्रतिवादी बनाएर मुद्धा चलाइएकोमा उनीहरुलाई विशेषले सफाइ दिएको हो ।

बिज्ञापन

आर्थिक वर्ष ०७४/७५ मा गाउँपालिकाको वडा नं १ देखि ५ सम्म सोलार बत्ती खरिद तथा जडान कार्यमा अनियमितता भएको दाबीसहित अख्तियारले मुद्दा चलाएको थियो । सम्झौताबमोजिम काम नभएको, कम काम गरी बढीको प्राविधिक मूल्यांकन गरिएको, त्यसैका आधारमा बढी भुक्तानी गरे गराएको भन्दै गैरकानूनी लाभ लिएको मुद्दामा गाउँपालिका उपाध्यक्षसहित नौ जनालाई विशेषले सफाइ दिएको हो । उनीहरुलाई विशेषका सदस्यहरु तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले सफाइ दिइएको हो ।

बिज्ञापन

सफाइ पाउनेमा तिरहुत गाउँपालिकाका उपाध्यक्ष एवम् योजना अनुगमन समितिको संयोजक तीर्थमाया खत्वे र सदस्यहरु दुर्गानन्द यादव र वीरेन्द्र कुमार यादव, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामनारायण साह, इञ्जिनियर उग्रानन्द पाठक र सबइञ्जिनियर जागेश्वर मण्डल रहेका छन् ।

यस्तै, उपभोक्ता समिति अध्यक्ष रवेन्द्र कुमार यादव, सचिव धीरेन्द्र कुमार यादव र कोषाध्यक्ष रेणु कुमारी यादव रहेका छन् । उनीहरुले झन्डै साढे ६ लाख रुपैयाँको भ्रष्टाचार भएको भन्दै उक्त रकम बिगो बनाइ मुद्दा चलाइएको मा सफाइको फैसला भएको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

धुन्चेमा ४३६ थान भेपसहित चालक पक्राउ, साढे ३५ लाखभन्दा बढी मूल्यका सामग्री बरामद

अध्यादेशमार्फत हट्यो कर्मचारी ट्रेड युनियनको व्यवस्था

अब सामान्य प्रशासन मन्त्रालय प्रधानमन्त्री कार्यालय मातहत,सरुवा वोर्डले गर्नेछ कर्मचारी सरुवा

हिमालको निःशब्द करुण क्रन्दन

प्रधानमन्त्री बालेन शाहद्वारा सवारी खर्चको विवरण माग

१५९४ पदाधिकारी पदमुक्त हुँदा कसरी जोगिए गभर्नर ?

अनामनगरको सात तले भवनमा चल्यो डोजर

पूर्व प्रधानमन्त्री कार्कीद्धारा शक्तिको दुरुपयोग : दशकदेखि तीन आना सरकारी जग्गा अतिक्रमण

बिशेष