महिला भएकै कारण अन्याय सहनु पर्यो :-डा मिश्र

वरीयता मिचेर आफूभन्दा कनिष्ठलाई स्वास्थ्य मन्त्रालयको सचिव बनाइएको भन्दै अतिरिक्त सचिव संगिता कौशल मिश्रले असन्तृष्टि पोख्दै आएकी छिन् ।

बिज्ञापन

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले बढुवा समितिले तेस्रो नम्बरमा सिफारिस गरेका अतिरिक्त सचिव डा विकास देवकोटालाई स्वास्थ्य सचिवमा बढुवा गरेको थियो । पहिलो नम्बरमा सिफारिस भएर पनि बढुवा नपाएकी मिश्रले यो बिषयमा आपत्ति जनाउँदै आएकी छिन् ।
उनले आफू महिला भएकै कारण अन्याय सहनु परेको बताएकी छिन् । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै उनले स्वास्थ्य सचिवको नियुक्तिमा महिला भएकै कारण आफूमाथि अन्याय गरिएको भन्दै असन्तृष्टि पोखेकी छिन् ।

बिज्ञापन

उनले लेखेकी छिन्,मैले भोगेको विभेदको कठोर यथार्थले मलाई महिला भएकै कारण हामीले हरेक दिन सामना गर्नुपर्ने असमानता र अन्यायको झल्को दिलाएको छ । यो दिवस उपलब्धिको उत्सव मात्र नभइ महिलाले सहनु परेको संघर्ष र आगामी चुनौतीहरूको स्मरण भएको छ ।

मिश्रले स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आफूलाई महिला र मधेशी भएकै कारण मन्त्रालयमा आएदेखि नै हेप्दै र विभेद गर्दै आएको तथा अहिले बढुवाका क्रममा पनि अन्याय गरेको बताएकी छिन् । यस अघि उनी स्वास्थ्य सेवा विभागको महानिर्देशक थिइन । स्वास्थ्यमन्त्री पौडेलले उनलाई मन्त्रालयमा तानेर विभागको महानिर्देशकको रुपमा डा विकास देवकोटालाई पठाएका थिए ।

बिज्ञापन

अहिले सचिव बढुवामा आफूले भोगेको विभेद व्यक्तिगत मात्रै नभएर प्रणालीगत बाधाहरूको प्रतिबिम्ब रहेको संगीताको भनाई छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

मन्त्रीपरिषद् बैठक ३ बजे बस्दै

स्थानीय तहमा मध्यमकालीन खर्च संरचना : कागजी औपचारिकता कि वित्तीय अनुशासन ?

एजाइल व्यवस्थापन : परिवर्तनसँगै अघि बढ्ने आधुनिक व्यवस्थापन पद्धति

कानुनबाट फिर्ता भयो संघीय निजामती सेवा विद्येयक,३०- ५५ को प्रावधान यथावत

रसुवामा म्याद सकिएको विस्फोटक पदार्थ डिस्पोज गर्ने क्रममा विस्फोट, एकको मृत्यु, ६ घाइते

चार सय खरिदार- सुब्बा कटौती,संघीय मन्त्रालयमा दरबन्दी बनाइँदै शून्य

सचिवालयको दबाब : ‘कानुन, विधि हामी हेर्छौ,तपाई सही गर्नुहोस’

स्थायी संयन्त्रमाथि सचिवालय हाबी,अनुचित दबाब ठाडो इन्कार गर्ने प्रशासकहरुको दावी

बिशेष