साँझ क्याविनेट बैंठक,दुई सचिव नियुक्तिको सम्भावना

प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् सचिवालयका अनुसार बैठक साँझ ६ बजे पछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दै छ ।

बिज्ञापन

आजको बैठकले प्रशासन र स्वास्थ्य सेवातर्फ रिक्त रहेको सचिव पदमा नियुक्त गर्ने सम्भवना रहेको छ ।

बिज्ञापन

नक्कली भुटानी शरणार्थी प्रकरणमा परेर पुर्पक्षका लागि थुनामा रहेका निलम्बित सचिव टेकनारायण पाण्डे गत १२ फागुनदेखि अनिवार्य अवकाशमा गएपछि उक्त रिक्त स्थानमा प्रशासनतर्फका एक सहसचिव बढुवा हुँदैछन् ।

बढुवा सिफारिस समितिले सहसचिवहरू वीरेन्द्रकुमार यादव, मदन भुजेल र चन्द्रकला पौडेलको नाम सिफारिस भएको छ।यी तीन मध्ये एकलाई सचिवमा बढुवा गर्ने सम्भवना रहेको छ ।

बिज्ञापन

यस्तै,डा रोशन पोखरेल घर फर्किएपछि रिक्त रहेको स्वास्थ्य सचिवमा एक जना बढुवा हुनेछन् । बढूवा सिफारिस समितिले तीन जना अतिरिक्त स्वास्थ्य सचिवको नाम सिफारिस गरेको छ ।

जसमध्ये डा संगीता कौशल मिश्र, डा टंक बाराकोटी र डा विकास देवकोटाको नाम सिफारिस गरेको हो ।

सिफारिस भएकामध्ये डा विकास देवकोटा हाल स्वास्थ्य सेवा विभागको महानिर्देशकका रूपमा कार्यरत छन् भने डा संगीता कौशल मिश्र र डा टंक बाराकोटी मन्त्रालयमै कार्यरत छन् । जसमध्ये मिश्र ०७९ असार २३ गते १२ औ तहमा बढुवा भएकी हुन पनि विकास र टंक भने संगीता बढुवा भएको ९ महिना पछि चैत्रमा मात्र १२ औ तहमा उक्लिएका हुन ।०५३ सालदेखि स्वास्थ्य सेवामा प्रवेश गरेको देवकोटाले मेडिकल अधिकृतदेखि जिल्ला अस्पताल, स्वास्थ्य कार्यालय, अञ्चल अस्पताल, मन्त्रालयको महत्त्वपूर्ण महाशाखा प्रमुख, लुम्बिनी प्रदेश सचिवको जिम्मेवारी सम्हालेका छन् । उनले हाल स्वास्थ्य सेवा विभागको महानिर्देशकको जिम्मेवारीमा छन्,अहिले । यस्तै २०५६ सालबाट सेवा प्रवेश गरेका झापाली बराकोटीले मेडिकल अधिकृतदेखि विभिन्न जिल्लाको निर्देशक समेत भएका छन् । लामो समय मेची अस्पतालमा काम गरेका डाक्टर टंक १२औं तह बढुवा भएपछि मात्र मन्त्रालयमा आएका हुन् ।यस्तै ५७ सालमा सेवा प्रवेश गरेकी मिश्र कोराना महामारीमा कोशी अस्पताल व्यवस्थापनमा अब्बल ठहरिएकी कर्मचारी हुन । उनी पछि परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल हुँदै स्वास्थ्य सेवा विभागको महानिर्देशक चलाइसकेकी कर्मचारी हुन ।

जसमध्ये स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल डा देवकोटालाई सचिव बनाउन चाहन्छन् । शेरबहादुर देउवा संगीता कौशललाई सचिव बनाउने लाइनमा छ । प्रशासन तर्फ विधि पद्धतिकै आधारमा सचिव बढुवा हुने भए पनि स्वास्थ्यतर्फ सचिव बढुवामा यस पटक ठूलो आर्थिक चलखेल भइरहेको स्रोतको दावा छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

लेखा अधिकृत र इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्धा दायर

मन्त्रीपरिषद् बैठक ३ बजे बस्दै

स्थानीय तहमा मध्यमकालीन खर्च संरचना : कागजी औपचारिकता कि वित्तीय अनुशासन ?

एजाइल व्यवस्थापन : परिवर्तनसँगै अघि बढ्ने आधुनिक व्यवस्थापन पद्धति

कानुनबाट फिर्ता भयो संघीय निजामती सेवा विद्येयक,३०- ५५ को प्रावधान यथावत

रसुवामा म्याद सकिएको विस्फोटक पदार्थ डिस्पोज गर्ने क्रममा विस्फोट, एकको मृत्यु, ६ घाइते

चार सय खरिदार- सुब्बा कटौती,संघीय मन्त्रालयमा दरबन्दी बनाइँदै शून्य

सचिवालयको दबाब : ‘कानुन, विधि हामी हेर्छौ,तपाई सही गर्नुहोस’

बिशेष