राजपत्र अनंकित कर्मचारी संरक्षण अभियानको संयोजकमा ज्ञवाली

राजपत्र अनंकित कर्मचारीहरूले सञ्चालन गर्दै आएको निजामती सेवामा राजपत्र अनंकित कर्मचारी संरक्षण अभियानको संयोजकमा ध्रुवराज ज्ञवाली चयन भएका छन्।

बिज्ञापन

यस्तै सह संयोजकमा सुरज निरौला,मेघराज भट्टराई,रामकुमार शाह,तेजेन्द्र कँडेल,लक्ष्यण गुरागाई र श्रीराम पौडेलसहित ६ सह संयोजक रहेका छन् । अरुलाई सदस्य तोकिएको छ ।
संघीय निजामती सेवा विद्येयक उपर दफादार छलफल प्रारम्भ भइरहेको समयमा निजामती सेवामा कार्यरत राजपत्र अनंकित कर्मचारीहरु फेरि जुर्माराएका हुन । उनीहरुले निजामती सेवामा कार्यरत राजपत्र अनंकित कर्मचारीहरुको पेशागत हित, वृत्ति विकास र सेवाको सुरक्षा कमजोर रहेको महसुस गरी स्वःस्फूर्त रुपमा सञ्चालित अभियानलाई थप व्यवस्थित बनाउँदै राजपत्र अनंकित कर्मचारीको चासो, सरोकार र हितमा प्रभावकारी रुपमा केन्द्रित गर्नका लागि बिहिबार बसेको भेलाबाट संस्थापकमध्येबाट अभियन्ता ध्रुवराज ज्ञवालीको संयोजकत्वमा प्रारम्भिक चरणमा १५ सदस्यीय केन्द्रीय कार्यकारी समिति रहने गरी १०१ सदस्यीय केन्द्रीय कार्यसमिति गठन गरिएको हो।

बिज्ञापन

आगामी बैठकबाट सबै तह (संघ, प्रदेश, स्थानीय), सबै सेवा समूहका सबै जिल्ला,विभागमा कार्यरत कर्मचारीहरूलाई समेटी केन्द्रीय समितिलाई विस्तार गरी २०१ जनाको बनाइने जनाइएको छ।
फ्रन्ट डेस्कमा रहेर काम गर्दै आएका राजपत्र अनंकित कर्मचारीहरुलाई यो अभियानमा जोडिन आगैह समेत गरिएको छ । स्वतन्त्र, साझा र विशुद्ध पेशागत हितका लागि संचालित अभियान भएकाले यसमा जोडिन अनुरोध गरिएको सह संयोजक श्रीराम पौडेलले जनाएका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

रोनाल्डोले दिए राजीनामा,भाग्य चम्कियो रेजिनाको

लेखा अधिकृत र इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्धा दायर

मन्त्रीपरिषद् बैठक ३ बजे बस्दै

स्थानीय तहमा मध्यमकालीन खर्च संरचना : कागजी औपचारिकता कि वित्तीय अनुशासन ?

एजाइल व्यवस्थापन : परिवर्तनसँगै अघि बढ्ने आधुनिक व्यवस्थापन पद्धति

कानुनबाट फिर्ता भयो संघीय निजामती सेवा विद्येयक,३०- ५५ को प्रावधान यथावत

रसुवामा म्याद सकिएको विस्फोटक पदार्थ डिस्पोज गर्ने क्रममा विस्फोट, एकको मृत्यु, ६ घाइते

बिशेष