नापी र मालपोतको कर्मचारीसहित ८ विरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ८ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्धा चलाएको छ । अख्तियारले सरकारी लिखत किर्ते गरी जग्गा बिक्री गरेको अभियोगमा बाराका मालपोत कार्यालय र नापी कार्यालयका विभिन्न तहमा कार्यरत आठ जना कर्मचारीलाई प्रतिवादी बनाएर मुद्धा चलाएको हो ।

बिज्ञापन

अख्तियारले बाराको साबिक डुमरवाना गाविस वडा नं ६ मा रहेको जग्गाको श्रेस्ता किर्ते गरी क्षेत्रफल बढाई बिक्री गरी मालपोत र नापीका कर्मचारीहरुले गैरकानुनी लाभ लिएको प्रमाणका आधारमा नापी कार्यालय बाराका तत्कालीन अधिकृत (हाल अवकाश( दीनानाथ मिश्र र मालपोत कार्यालयका अधिकृत सुमनप्रसाद चौधरीसहित नापी कार्यालय बाराका तत्कालीन सर्भेक्षक हाल नापी कार्यालय वीरगञ्ज पर्सामा कार्यरत नापी अधिकृत शिव बालक साह, मालपोत कार्यालय बाराका तत्कालीन नायव सुब्बा बुधनप्रसाद यादव, लेखापढी व्यवसायी जयलाल सहनी, जग्गाधनी सुदामा प्रसाद चौधरी थारु र रामपति देवी थरुनी तथा नापी कार्यालय बाराका तत्कालीन सर्वेक्षक सुनिल कुमार झाविरुद्ध मुद्दा दायर भएको हो ।

बिज्ञापन

अख्तियारका अनुसार जीतपुर सिमरा उपमहानगरपालिका १५ निवासी सुदामा प्रसाद चौधरीले आफ्नी पत्नी रामपति देवी थरुनीको नाममा रहेको जग्गाको क्षेत्रफल बढाई बिक्री गर्न कार्यमा संग्लग्न रहेको भेटिएपछि उनीहरुलाई जनही १ एक लाख ५० हजार बिगो कायम गरेर मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।
उनीहरूले बाराको साविक डुमरवाना गाविस ६ क को क्षेत्रफल ज बि ० १ ० भएको जग्गाको श्रेस्तामा कीर्ते गरी क्षेत्रफल ० ३ १० कायम गरी बिक्री गरेको, त्यस्तै क्षेत्रफल ज बि ० २ १० भएको जग्गाको श्रेस्तामा कीर्ते गरी क्षेत्रफल ० ६ ० कायम गरी नापी कार्यालय, बारा र मालपोत कार्यालय, बारा समेतको मिलेमतोमा श्रेस्ता पुर्जा तयार गरी ठगी गरेको देखिएकाले भ्रष्टाचार निवारण ऐन २०५९ को विभिन्न दफाहरूअनुसार कारबाहीको माग गर्दै आरोप पत्र दायर गरेको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

दिवा खाजामा मात्रै साढे ३ अर्ब खर्च

भ्रष्टाचारबाट लुकाएको सम्पत्तिमा कारबाही गर्न उजुरीको ओइरो

‘घरबाटै काम, हत्केलामै सेवा’ : राष्ट्रिय किताबखानाको सेवा प्रवाहमा अर्को डिजिटल छलाङ

सम्पत्ति केलाउनमै कानुनी समस्या

कर्मचारी बजेट लेखनमा व्यस्त: कोरलामा भेप तस्करी, २४०० कार्टुन भेप गायब

निजामती ऐनको दफा ५२ च विपरित ट्रेड युनियनकर्मीको सरुवा

७ शाखा अधिकृतको सरुवा,२ पालिकाले पाए नयाँ प्रमुख प्रशासकीय अधिकृत

प्रधानमन्त्री कार्यालयकै निर्देशन अवज्ञा, राष्ट्रिय प्रकृति संरक्षण कोषमा शक्तिको खेल

बिशेष