स्थानीय तहका कर्मचारी जनप्रतिनिधिबाटै असुरक्षित :- साता दिनमै चारमाथि हातपात र दुर्व्यवहार

पछिल्ला दिनमा जनप्रतिनिधिबाटै कर्मचारी कुटिने क्रम जारी छ । पछिल्लो एक सातामा विदेह नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत त्यहाँका मेयर बेचन दासका छोराबाट कुटिएनन् मात्र,मेयरले नै ज्यान लिने धम्की दिए । यो घटना सेलाउन नपाउदै खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कका वडा सचिव होमनाथ ढकाल कार्यकक्षमै कुटिए ।आजैमात्र तनहुँको बन्दिपुर गाउँपालिका वडा नंं ६ का वडाध्यक्ष बल वहादुर गुरुङले  सचिव नवीन भुसालमाथि कार्यकक्षमै कुटपिट गरे । उता, रुपन्देहीको रोहिणी गाउँपालिका–२ का वडाध्यक्ष करम हुसेन खानले आज दिउँसो कार्यपालिकाको बैठकमै शिक्षा शाखा प्रमुख मधुप्रसाद घिमिरेमाथि हातपात गरेको घटना सार्वजनिक भएको छ ।

बिज्ञापन

खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कका वडा सचिव होमनाथ ढकालमाथि स्थानीय सरकारका जनप्रतिनिधिहरुबाट कार्यस्थलमा सेवारत राष्ट्रसेवक कर्मचारीमाथि गुणगर्दी शैलीमा हातपात तथा सार्वजनिक सम्पत्तिको तोडफोड भएको घटना साम्य हुन नपाउँदै आजैमात्र थप दुई  वडा सचिव वडा अध्यक्षबाटै कुटिएका छन् ।

बिज्ञापन

बिल पास गर्न नमानेको भन्दै तनहुँको बन्दिपुर गाउँपालिका वडा नंं ६ का वडाध्यक्ष बल वहादुर गुरुङले आज बिहान साढे १० मा सचिव नवीन भुसाललाई कार्यस्थलमै कुटपिट गरेर घाइते बनाएका हुन । अध्यक्ष गुरूङले बिल पास नगरेको भन्दै सचिव भुसालमाथि हातपात गरेका हुन । अध्यक्षले सो वडाका सचिवमाथि घाँटी निचोरेर मुक्का प्रहार गरी घाइते बनाएको र ज्यान मार्ने धम्की समेत दिएको हुन ।

बिज्ञापन

अध्यक्षको आक्रमणबाट घाइते भएका सचिव भुसालको घाँटीको भागमा चोट लागेको र उनलाई तत्कालै बन्दिपुर अस्पतालमा उपचारको लागि ल्याइएको र प्रारम्भिक उपचार पश्चात् अहिले भरतपुर अस्पतालमा रिफर गरिएको छ ।
उता रुपन्देहीमा समेत अर्काे वडा सचिव कुटिएका छन् । रोहिणी गाउँपालिका–२ का वडाध्यक्ष करम हुसेन खानले आज दिउँसो कार्यपालिकाको बैठकमै शिक्षा शाखा प्रमुख मधुप्रसाद घिमिरेमाथि हातपात गरेको घटना सार्वजनिक भएको छ ।

कुटाई खाने घिमिरे शिक्षा शाखाका प्रमुख हुन । घटनालगत्तै गाउँपालिकाका कर्मचारीहरु सेवा बन्द गरेर आन्दोलनमा उत्रिएका थिए । उनीहरुले शिक्षा अधिकृतमाथि हातपात गर्ने वडाध्यक्षलाई कारबाही अगाडि नबढाएसम्म सेवा अवरुद्धको चेतावनी दिएका हुन् ।

यस अघि गत माघ २९ मा मधेश प्रदेशको एक पालिकाका प्रमुखले प्रमुख प्रशासकीय अधिकृतलाई गोली हान्ने धम्की दिएका थिए ।

एक दशक बढी राष्ट्रिय सतर्कता केन्द्रमा कार्यरत रही दुई महिना अगाडिमात्र धनुषाको विदेह नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्न पुगेका दीपेन्द्र कुमार साहलाई मेयर बेचन दासको छोरा राम भजन दासले गाली गलौच,कुटपिट गरेपछि न्याय खोज्दै प्रहरी र प्रशासनमा पुगेका उनै कर्मचारीलाई मेयरले उल्टै गोली हान्ने धम्की दिएको भन्दै उनले जिल्ला प्रशासनदेखि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय,गृह र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई बोधार्थ पठाएका छन् ।

शिक्षा सेवा आयोगबाट सिफारिस भएका निमावि सामाजिक शिक्षिका पवन कुमारीलाई हाजिर गराइएको बिषयमा मेयरका छोराले प्रमुख प्रशासकीय अधिकृतलाई तैले यसलाई किन हाजिर गराइस, धाक धम्की, गाली गलौज गर्नुका साथैं प्रमुख प्रशासकीय अधिकृतलाई कार्यकक्षमा कुटपिट समेत गरिएको जनाइएको छ ।

यसरी स्थानीय तहमा पुगेका कर्मचारीमाथि दिन दहाडै कुटपिट र ज्यान मार्ने धम्कीका घटनाहरु दिन प्रति दिन बढ्दै छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

राहदानी छपाइ अनियमितता अनुसन्धानमा पूर्वमन्त्री श्रेष्ठसँग अख्तियारको सोधपुछ

वाणिज्य नीति : सरकारी निकायमा स्वदेशी वस्तु प्रयोग गर्ने व्यवस्था

पूर्वाधार विकास मन्त्रालयमा दुई सचिवको प्रस्ताव

प्रधानमन्त्री कार्यालयमा निर्वाचन आयोग पदाधिकारी पनि अपमानित, बोलाएर गेटबाटै दिइएन प्रवेश

नेपालको निजामती प्रशासन: रूपान्तरणको संकट र सुधारको मार्गचित्र

ओली सरकारका खास,वालेन सरकारका आसपास

घरबाट हराएका पूर्व कार्यवाहक महालेखापरीक्षकको शव नारायणी किनारमा

अवकाशको मुखमा अपमान

बिशेष