बिल पास गर्न नमानेपछि एमालेका वडा अध्यक्षले सचिवको घाँटी निचोरे,मुक्का बजारे

बिल पास गर्न नमानेको भन्दै एक स्थानीय तहका जनप्रतिनिधिले कर्मचारीमाथि हातपात र ज्यान मार्ने धम्की दिएका छन् ।तनहुँको बन्दिपुर गाउँपालिका वडा नंं ६ का वडाध्यक्ष बल वहादुर गुरुङले आज बिहान साढे १० मा सचिव नवीन भुसाललाई कार्यस्थलमै कुटपिट गरेर घाइते बनाएका हुन । वडा अध्यक्षले  बिल पास गर्न भनेपछि सचिवले सो काम गर्न नमान्दा उनीमाथि हातपात भएको हो ।

बिज्ञापन

पालिकाका कर्मचारीहरुका अनुसार,वडा अध्यक्ष गुरूङले बिल पास नगरेको भन्दै सचिव भुसालमाथि हातपात गरेका हुन । अध्यक्षले सो वडाका सचिवमाथि घाँटी निचोरेर मुक्का प्रहार गरी घाइते बनाएको र ज्यान मार्ने धम्की समेत दिएको हुन ।

बिज्ञापन

वडा सचिवमाथि कार्यकक्षमै वडा अध्यक्षबाट भएको हातपात भएको घटनाको सो पालिकामा कार्यरत कर्मचारी तथा जिल्लाका कर्मचारी संघ संगठनहरुले निन्दा र भत्र्सना गरेका छन् । पछि सो पालिकाका कर्मचारीहरुले भने राष्ट्रसेवक कर्मचारीमाथि सुरक्षाको प्रत्याभूति र दोषी उपर कारवाही नभएसम्म पालिकाको अत्यावश्यक बाहेकका सम्पूर्ण कामकाज ठप्प पार्ने बताएका छन् ।

 

बिज्ञापन

पालिकाका कर्मचारीहरुका अनुसार,स्टेटमेट भन्दा बढीको बिल सचिवले पास नगर्ने बताएपछि वडाअध्यक्षले आक्रमण गरेका थिए । अध्यक्षको आक्रमणबाट घाइते भएका सचिव भुसालको घाँटीको भागमा चोट लागेको र उनलाई तत्कालै बन्दिपुर अस्पतालमा उपचारको लागि ल्याइएको र प्रारम्भिक उपचार पश्चात् अहिले भरतपुर अस्पतालमा रिफर गरिएको छ ।

सो घटनाको जिल्लाका कर्मचारी ट्रेड युनियनहरुले उक्त घटनाको घोर भत्र्सना गर्दै घटनाको सत्य तथ्य छानबिन र दोषीमाथि कडा कारवाहीको माग गरेका हुन ।
नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष भगवान त्रिपाठी,नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष नारायणप्रसाद अधिकारी र राष्ट्रिय कर्मचारी संगठन (निजामती)का अध्यक्ष तीर्थ थापाले संयुक्त विज्ञप्ति जारी गर्दै घटनाको निन्दा र भत्र्सना गर्दै दोषीमाथि कडा भन्दा कडा कारवाहीको माग राखेका हुन ।

यता वडा अध्यक्ष गुरूङले भने सचिवको गालामा तीन झापडमात्र हानेको प्रतिक्रिया दिएका छन् । अध्यक्ष गुरूङ एमाले बाट निर्वाचित वडाध्यक्ष हुन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

जावलाखेल चिडियाघरको बर्डफ्लु प्रकरण : सूचना लुकाइयो कि बलिको बोको बनाइयो ?

राहदानी छपाइ अनियमितता अनुसन्धानमा पूर्वमन्त्री श्रेष्ठसँग अख्तियारको सोधपुछ

वाणिज्य नीति : सरकारी निकायमा स्वदेशी वस्तु प्रयोग गर्ने व्यवस्था

पूर्वाधार विकास मन्त्रालयमा दुई सचिवको प्रस्ताव

प्रधानमन्त्री कार्यालयमा निर्वाचन आयोग पदाधिकारी पनि अपमानित, बोलाएर गेटबाटै दिइएन प्रवेश

नेपालको निजामती प्रशासन: रूपान्तरणको संकट र सुधारको मार्गचित्र

ओली सरकारका खास,वालेन सरकारका आसपास

घरबाट हराएका पूर्व कार्यवाहक महालेखापरीक्षकको शव नारायणी किनारमा

बिशेष