आधा दर्जन सहसचिव बरण्डामा, महिनौदेखि तीन जिल्ला सिडियोविहिन

प्रहरी सरुवामा गृहको अतिरिक्त रुची

बिज्ञापन

पछिल्लो समय गृह मन्त्रालयमा एक पछि अर्काे वेथिती देखिएको छ । कर्मचारी परिचालनभन्दा प्रहरीतिर मन्त्री र सचिवहरुको ध्यान केन्द्रित हुँदा गृह मातहतका निकाय भद्रगोल ढंगबाट चलिरहेको भेटिएको छ । जस्तो गृह मातहत अहिले पनि आधा दर्जन सहसचिवहरु जिम्मेवारीविहिन छन् । तर तीन जिल्लामा प्रमुख जिल्ला अधिकारीदेखि सहायक प्रमुख जिल्ला अधिकारी खटन पटन गर्न सकेको छैन,गृहले ।

बिज्ञापन

निजामती सेवा ऐनले बढीमा एक महिनासम्म कर्मचारीलाई अतिरिक्त समूहमा राख्न सकिने व्यवस्था गरेको छ तर सूर्य सेढाई र शशिधर घिमिरे बिगत पाँच महिनादेखि बरण्डामा छन् । यस्तै एक महिना १५ दिनदेखि बन्धु बास्तोला र प्रेम भट्टराई,अर्थबाट हप्ता दिन अगाडि गृह भित्रिएका नारायण रिसाल हप्ता दिनदेखि जिम्मेवारी विहिन छन् । त्यहाँ दर्जन बढी उपसचिवहरु कौसीमा थन्काइएको छ ।

तर मकवानपुर जिल्लामा प्रमुख जिल्ला अधिकारी र सहायक जिल्ला अधिकारी,खोटाङमा १६ माघ,ओखलढुंगामा १८ माघदेखि रिक्त रहेको छ । यस्तै मन्त्रालय मातहतको विपद् प्राधिकरणमा एक जना सह सचिवको दरबन्दी रहेकोमा तीन- तीन जना सहसचिव त्यहाँ राखिएको छ तर गृह प्रशासनले अझैंसम्म खोटाङ, ओखलढुङ्गा र मकवानपुरमा प्रमुख जिल्ला अधिकारी खटाउन नसकेको हो ।

बिज्ञापन

खोटाङको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले अवकाश पाएको महिना दिन पुग्नै लागिसकेको छ । तर, गृह मन्त्रालयले अहिलेसम्म उक्त रिक्त स्थानमा सिडिओ पठाएको छैन् । आगलागीको चपेटामा पर्दा पनि खोटाङ जिल्ला सिडिओ विहीन बन्ने अवस्थामा पुगेको छ । कोशी प्रदेशकै अर्को जिल्ला ओखलढुङ्गा पनि सीडीओविहीन छ । ओखलढुङ्गाका प्रमुख जिल्ला अधिकारी डा नारायण ढकालले अवकाश पाएको डेढ महिना बढी भइसक्यो। ओखलढुङ्गा पनि अहिले सिडिओविहीन अवस्थामा छ। खोटाङ र ओखलढुङ्गा मात्र होइन संघीय राजधानी काठमाडौं उपत्यकासँग जोडिएको मकवानपुर जिल्लाको अवस्था पनि त्यस्तै छ। बागमती प्रदेशको राजधानी समेत रहेको मकवानपुर जिल्ला एक हप्तादेखि सिडिओबिहीन छ। मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालको अर्थ मन्त्रालय अन्तर्गत सरुवा भएपछि उक्त जिल्ला पनि सिडिओ नभएको जिल्लामा परेको छ ।मकवानपुरमा सहायक सिडियो पनि रिक्त छ ।

यसरी तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु रिक्त हुँदा समेत गृहलाई तातो लागेको छैन । बरु पछिल्लो समय एक पछि अर्काे लफडामा मुछिरहेका छन्,गृह सचिव । सचिवालयमा रहेका पर्वते कर्मचारीहरुको ध्यान चाहिँ कर्मचारी सरुवामा भन्दा प्रहरीकै सरुवा तथा बढुवामा केन्द्रित हुँदा पछिल्लो समय गृह प्रशासन लथालिंग हुन पुगेको गृहका कर्मचारीहरु बताउँछन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

प्रमुख प्रशासकीय अधिकृतसँग लिखित स्पष्टीकरण माग

यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

रोनाल्डोले दिए राजीनामा,भाग्य चम्कियो रेजिनाको

लेखा अधिकृत र इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्धा दायर

मन्त्रीपरिषद् बैठक ३ बजे बस्दै

स्थानीय तहमा मध्यमकालीन खर्च संरचना : कागजी औपचारिकता कि वित्तीय अनुशासन ?

एजाइल व्यवस्थापन : परिवर्तनसँगै अघि बढ्ने आधुनिक व्यवस्थापन पद्धति

कानुनबाट फिर्ता भयो संघीय निजामती सेवा विद्येयक,३०- ५५ को प्रावधान यथावत

बिशेष