सामान्य प्रशासनमा यसरी हुँदैछ सुधार :- अब महिनामा दुई पटक मात्र कर्मचारी सरुवा

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिवका रुपमा रविलाल पन्थ जिम्मेवारीमा पुगेसँगै कर्मचारी सरुवा व्यवस्थित र पारदर्शी हुन थालेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी सरुवालाई व्यवस्थित,प्रभावकारी बनाउने उदेश्यले महिनामा दुई दिनमात्र कर्मचारी सरुवा गर्न थालेको छ ।

बिज्ञापन

सरकारले गत २८ पुसमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिवको रुपमा रविलाल पन्थलाई ल्याएको थियो । पन्थ मन्त्रालयमा आएसँगै कर्मचारी सरुवाकै कारण बदनामी कमाइरहेको उक्त मन्त्रालयलाई सुधार गर्ने उदेश्य अनुरुप अबदेखि महिनामा दुई पटक अर्थात हरेक १ र १५ गतेमात्र कर्मचारी सरुवा गर्ने नीति लिइएको हो ।

बिज्ञापन

सोही अनुसार मन्त्रालयले हिजो फागुन १ गते ५० उपसचिव र शाखा अधिकृतको सरुवा गरेको हो । पछिल्लो समय मन्त्रालयबाट मनलाग्दी सरुवा हुँदै आएको थियो । हरेक दिन अपारदर्शी सरुवा हुँदा सरुवा प्रक्रियाप्रति नै कर्मचारी वर्गमै व्यापक असन्तुष्टि रहँदै आएकोमा मन्त्रालयले अब देखि महिनाको दुई दिन मात्र कर्मचारी सरुवाको निर्णय गर्ने नीति लिएको हो । मन्त्रीका सचिवालय,कर्मचारी प्रशासन हेर्नेदेखि कर्मचारी ट्रेड युनियनकर्मीहरुको मोलमोलाईमा हरेक दिन अपारदर्शी र मनलाग्दी ढंगबाट कर्मचारी सरुवा हुँदा मन्त्रालय नै बदनाम हुन पुगेको स्थिति थियो । यसैलाई चिर्नका लागि सचिव पन्थले साताको दुई पटकमात्र कर्मचारी सरुवा गर्ने नीति लिएका हुन ।

मन्त्रालयले अत्यावश्यक अवस्थाबाहेक महिनामा दुई पटक हरेक महिनाको एक गते र १५ गतेमात्र कर्मचारी सरुवा गर्ने नीति लिएको हो । गत माघदेखि कर्मचारीको दुई पटक तीन दर्जन कर्मचारीको मात्र सरुवा गरेको मन्त्रालयले जनाएको छ । पन्थभन्दा अघिका सचिवहरुले कर्मचारी सरुवा गुपचुप गर्दै आएकोमा उनी आए यता भएका कर्मचारी सरुवाको सूची समेत मन्त्रालयको वेव साइडमै सार्वजनिक हुन थालेको छ ।यस्का अलवा उनी मन्त्रालयको जिम्मेवारीमा आएसँगै १० नगरपालिका,३९ गाउँपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृतको आर्थिक र प्रशासनिक अधिकार समेत खोसिएको छ ।

बिज्ञापन

मन्त्रालयका सचिवका रुपमा हाजिर गरेकै दिनदेखि पन्थले यो नीति लिएसँगै पछिल्लो समय सरुवाका लागि मन्त्री,सचिव,कप्र हेर्ने कर्मचारीहरुको कार्यकक्षमा भीडभाड घटेको देखिन्छ । पछिल्लो समय सरुवालाई पारदर्शी,व्यवस्थित र प्रभाकारी बनाउने उदेश्यले यस्तो नीति लिएको हो ।

मन्त्रालयका अनुसार सरुवाका लागि कर्मचारीले मन्त्रालयमा दैनिक निवेदन दिन सकिन्छ तर सरुवाका लागि मन्त्रालयमा आएका निवेदनलाई सङ्कलन गर्ने र महिनाको दुई पटक मात्र सरुवाको नीतिगत निर्णय गरी कार्यान्वयन गर्न थालिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

प्रमुख प्रशासकीय अधिकृतसँग लिखित स्पष्टीकरण माग

यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

रोनाल्डोले दिए राजीनामा,भाग्य चम्कियो रेजिनाको

लेखा अधिकृत र इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्धा दायर

मन्त्रीपरिषद् बैठक ३ बजे बस्दै

स्थानीय तहमा मध्यमकालीन खर्च संरचना : कागजी औपचारिकता कि वित्तीय अनुशासन ?

एजाइल व्यवस्थापन : परिवर्तनसँगै अघि बढ्ने आधुनिक व्यवस्थापन पद्धति

कानुनबाट फिर्ता भयो संघीय निजामती सेवा विद्येयक,३०- ५५ को प्रावधान यथावत

बिशेष