निजामतीमा अब श्रेणीगत व्यवस्था हट्ने,चौध तह रहने

निजामती सेवाबाट श्रेणी हट्ने भएको छ । हाल रहेको श्रेणीगत व्यवस्था हटाएर तहगत व्यवस्था राख्ने सहमति जुटेको हो । बिहीबार सिंहदरबारमा बसेको समिति बैठकले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवा शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको दफाबार छलफलका क्रममा उक्त सहमति गरेको हो।

बिज्ञापन

प्रस्तावित संघीय निजामती सेवा विधेयकको दफा ६ मा यससम्बन्धी व्यवस्था राखिएको छ । हाल निजामतीमा राजपत्रांकित तृतीयदेखि विशिष्ट र राजपत्र अनंकित प्रथमदेखि पाँचौँसम्मका कर्मचारीको श्रेणीगत व्यवस्था छ । तर, स्वास्थ्य सेवा, सार्वजनिक संस्थान, प्रदेश र स्थानीय तहमा तहगत व्यवस्था छ ।

बिज्ञापन

प्रस्तावित विद्येयकमा श्रेणी र तह दुबै रहने प्रस्ताव गरिएको भए पनि श्रेणीलाई हटाएर तहगत मात्र बनाउने सहमति जुटेको हो । श्रेणीगत व्यवस्था हुँदा माथिल्लो श्रेणी र तल्लो श्रेणीबीच सौहार्द सम्बन्ध नभएको र प्रशासन सेवाबाट पेलिएको अन्य सेवाका कर्मचारीको गुनासो रहँदै आएको थियो । तहगत व्यवस्था लागू भए तल्लो र माथिल्लो श्रेणी तथा फरक सेवाबीचको अन्तर हट्ने प्रशासनविद्हरु बताउँछन् ।

बिज्ञापन

समिति सभापति रामहरि खतिवडाका अनुसार अब निजामती सेवा तहगत हुने गरी व्यवस्था मिलाइने बताएका छन् । विद्येयकमा निजामती कर्मचारी सेवामा चौधौं तह रहने प्रस्ताव गरिएको छ ।

यस्तै बैठकमा दफा ७ मा रहेको कार्य विवरण र कार्यसम्झौतामा विषयमा पनि छलफल भएको थियो । छलफलका क्रममा सांसदहरूले कुनै स्थानमा सरुवा हुनेबित्तिकै कार्यमूल्याङ्कन गर्न उचित नहुने धारणा राखेका थिए ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

दिवा खाजामा मात्रै साढे ३ अर्ब खर्च

भ्रष्टाचारबाट लुकाएको सम्पत्तिमा कारबाही गर्न उजुरीको ओइरो

‘घरबाटै काम, हत्केलामै सेवा’ : राष्ट्रिय किताबखानाको सेवा प्रवाहमा अर्को डिजिटल छलाङ

सम्पत्ति केलाउनमै कानुनी समस्या

कर्मचारी बजेट लेखनमा व्यस्त: कोरलामा भेप तस्करी, २४०० कार्टुन भेप गायब

निजामती ऐनको दफा ५२ च विपरित ट्रेड युनियनकर्मीको सरुवा

७ शाखा अधिकृतको सरुवा,२ पालिकाले पाए नयाँ प्रमुख प्रशासकीय अधिकृत

प्रधानमन्त्री कार्यालयकै निर्देशन अवज्ञा, राष्ट्रिय प्रकृति संरक्षण कोषमा शक्तिको खेल

बिशेष