अध्यादेशमा उपेन्द्रको असहमतिपछि वालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक

भूमि सम्बन्धि अध्यादेशमा उपेन्द्रको असहमतिपछि सत्ताधारी काँग्रेस र एमालेका शीर्षस्थ नेताहरु छलफलमा जुटेका छन् । सरकारले ल्याएको ६ वटा अध्यादेशमध्ये भूमिसम्बन्धी अध्यादेश अस्वीकार गर्ने जसपा नेपालको निर्णयपछि संयन्त्रको बैठक बस्दै छ । बैठक वालुवाटारमा

बिज्ञापन

नेपाली काँग्रेस र एमालेका केही नेताहरु प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन् । उनीहरु उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकका लागि त्यहाँ पुगेका हुन् ।

बिज्ञापन

राष्ट्रियसभाबाट अध्यादेश पारित हुन ३० जना सांसदको समर्थन आवश्यक पर्दछ । अहिले त्यहाँ नेपाली काङ्ग्रेसका १६,एमालेका १० छन् । सत्ताधारी दलसँग स्वतन्त्र र लोसपासहित गर्दा २७ सांसदमात्र छन् । उता प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) १७,एकीकृत समाजवादीसँग ८,जनमोर्चा १,लोसपा १ सांसद गरी २८ जना हुनेछ । उता विपक्षमा माओवादीका १७, एकीकृत समाजवादीका ८ र राष्ट्रिय जनमोर्चाका १ गरी २६ सांसद छन् । वामदेव गौतम कता उभिन्छन्,एकीन भइसकेको छैन । अध्यादेशका निर्णयाक देखिएका हुन जसपा नेपालका बलदेव बोहरा,मृगेन्द्र कुमार सिंह यादव र मोहम्मद खालिद गरी तीन सांसद छन् । यस्तो स्थितिमा मंगलबारमात्र जसपा नेपालले भूमिसम्बन्धी अध्यादेशलाई कुनै पनि हालतमा स्वीकार गर्न नसकिने निर्णय गरेको पछि उच्च स्तरीय राजनीतिक संयन्त्रको बैठक डाकिएको हो ।

संयन्त्रको कार्यदलका सदस्यहरु नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा बालुवाटार पुगेका छन् । त्यस्तै नेकपा एमालेको तर्फबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमाल कार्यदल सदस्य हुन् ।

बिज्ञापन

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा राजनीतिक संयन्त्र गठन गरिएको छ । सोही संयन्त्रको कार्यदलमा दुबै दलका आठ जना नेता राखिएको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।