शाखा अधिकृत,लेखा अधिकृतसहित १४ विरुद्ध भ्रष्टाचार मुद्धा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शाखा अधिकृतसहित १४ जनालाई प्रतिवादी बनाएर भ्रष्टाचार मुद्धा दायर गरेको छ ।

बिज्ञापन

अख्तियारले दैलेखको गुराँस गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत,अख्तियारले प्रमुख प्रशासकीय अधिकृत,इन्जिनियर, सव इन्जिनियर, लेखा अधिकृत दिनेश दाहाल, लेखापाल,र योजना शाखा प्रमुखसहित १४ जनालाई प्रतिवादी बनाएर भ्रष्टाचार मुद्धा चलाएको हो ।

बिज्ञापन

अख्तियारका अनुसार भ्रष्टाचार मुद्धा चलाइएका कर्मचारीहरुमा प्रमुख प्रशासकीय अधिकृत  रामबहादुर बुढा,इन्जिनियर सरोज दाहाल, सव इन्जिनियर नवीनकुमार बीसी, लेखा अधिकृत दिनेश दाहाल, लेखापाल राज कसेरा र योजना शाखा प्रमुख मदनप्रकाश मल्लसहितका केही वडा अध्यक्षलाई प्रतिवादी बनाएर विशेषमा भ्रष्टाचार मुद्धा चलाएको हो ।

सडक निर्माणमा लागत अनुमानअनुसार काम नगरी नक्कली बिल भरपाई बनाएर रकम हिनामिना गरेको आरोपमा उनीहरूविरुद्ध अख्तियारले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

बिज्ञापन

अख्तियारले गुराँस गाउँपालिका ०६ स्थित भिउचुलादेखि पुलिया सडक निर्माण कार्यमा लागत अनुमान अनुसार काम नगरी नक्कली बिल भरपाई बनाई रकम हिनामिना गरेको भन्दै अख्तियारले उनीहरुलाई मुद्धा दायर गरेको हो ।

अख्तियारले प्रमुख प्रशसकीय अधिकृत बुढासहित, इन्जिनियर सरोज दाहाल, सव इन्जिनियर नविन कुमार वि सी, लेखा अधिकृत दिनेश दाहाल, लेखापाल राज कसेरा र योजना शाखा प्रमुख अधिकृत छैटौँ मदन प्रकाश मल्ललगायतसँग १० लाख २२ हजार ४१३ रुपैयाँ बिगो र सजायको माग गर्दै मुद्दा दायर गरिएको छ ।

यसैगरी, उक्त गाउँपालिकाको वडा नम्बर ६ का वडाध्यक्ष हिमबहादुर वली, उपभोक्ता समितिका अध्यक्ष गगनसिंह खत्री, सचिव गोविन्दबहादुर वली, कोषाध्यक्ष नन्दा राना र ठेकेदार हिक्मत वलीविरुद्ध पनि १० लाख २२ हजार ४१३ रुपैयाँ बिगो कायम गरिएको छ ।
यस्तै री अनुगमन समितिका संयोजक इन्द्रजीत बीसी, सदस्य हस्ता बीसी, सदस्य विजयबहादुर वलीलाई पनि प्रतिवादी कायम गरिएको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

प्रमुख प्रशासकीय अधिकृतसँग लिखित स्पष्टीकरण माग

यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

रोनाल्डोले दिए राजीनामा,भाग्य चम्कियो रेजिनाको

लेखा अधिकृत र इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्धा दायर

मन्त्रीपरिषद् बैठक ३ बजे बस्दै

स्थानीय तहमा मध्यमकालीन खर्च संरचना : कागजी औपचारिकता कि वित्तीय अनुशासन ?

एजाइल व्यवस्थापन : परिवर्तनसँगै अघि बढ्ने आधुनिक व्यवस्थापन पद्धति

कानुनबाट फिर्ता भयो संघीय निजामती सेवा विद्येयक,३०- ५५ को प्रावधान यथावत

बिशेष