मन्त्रीको कार्यकक्ष जलेर खरानी,क्षतीको मुल्यांकन गर्ने तीन सदस्यीय समिति गठन

खानेपानी मन्त्रालयमा भएको आगलागीले पुर्‍याएको क्षतिबारे मूल्याङ्कन गर्न तीन सदस्यीय समिति गठन भएको छ ।
सरकारले आगलागीको क्षतिबारे मूल्यांकन गर्न सहरी विकास मन्त्रालयले सिनियर डिभिजन इन्जिनियर गणेश कर्माचार्यको संयोजकत्वमा  संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका इन्जिनियर गणेश पाण्डे र खानेपानी मन्त्रालयका एक जना उपसचिव रहने गरी तीन सदस्यीय छानबिन समिति बनेको छ ।

बिज्ञापन

बिज्ञापन

समितिलाई घटनाको क्षति मूल्याङ्कन गर्नुका साथैं सिंहदरबार परिसरमा भविष्यमा यस्ता घटना दोहोरिन नदिन र त्यसको पूर्व तयारीका उपाय सुझाउन कार्यादेश दिइएको छ ।

शनिवार बिहान ८ बजेर ४० मिनेटमा उक्त मन्त्रालयमा आगलागी भएको थियो र ९ बजेर १५ मिनेट जाँदा आगो निभाइएको जनाइएको छ । आगलागीबाट खानेपानीमन्त्री यादवको कार्यकक्षमा पूर्ण रूपमा क्षति पुगेको छ । साथै सो तलामा रहेको तीन वटा कोठामा क्षती पुगेको छ ।

बिज्ञापन

मन्त्रीको कार्यकक्षमा रहेका दुईवटा टेलिभिजन, एउटा कम्प्युटर, डेस्कटप, पानी तताउने मेसिन, टेबल, सोफा, कुर्सीहरू, कार्पेट, सीसी क्यामेराको मनिटर लगायतका सामग्री जल्दा ४० लाख बढीको क्षती भएको प्रारम्भिक आँकलन गरिएको छ ।

तस्वीर सौजन्य : रमाकान्त दवाडी

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

प्रमुख प्रशासकीय अधिकृतसँग लिखित स्पष्टीकरण माग

यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

रोनाल्डोले दिए राजीनामा,भाग्य चम्कियो रेजिनाको

लेखा अधिकृत र इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्धा दायर

मन्त्रीपरिषद् बैठक ३ बजे बस्दै

स्थानीय तहमा मध्यमकालीन खर्च संरचना : कागजी औपचारिकता कि वित्तीय अनुशासन ?

एजाइल व्यवस्थापन : परिवर्तनसँगै अघि बढ्ने आधुनिक व्यवस्थापन पद्धति

कानुनबाट फिर्ता भयो संघीय निजामती सेवा विद्येयक,३०- ५५ को प्रावधान यथावत

बिशेष