धरौटी बुझाउन नसकेपछि रास्वपाको जिल्ला उपसभापति कारागार चलान

केही साता अघि जिल्ला अदालत परिसरमा वरिष्ठ अधिवक्तामाथि हातपात गर्ने रास्वपाका एक नेता धरौटी बुझाउन नसक्दा कारागार चलान भएका छन् । रास्वपाका हुम्ला जिल्ला उपसभापति महानन्द जैसी एक लाख रुपैयाँ धरौटी बुझाउन नसक्दा कारागार चलान भएका हुन्।

बिज्ञापन

रास्वपा सभापति रवि लामिछाने मुछिएको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा गत माघ २ गते सहकारी पीडितका तर्फबाट बहस गरेर फर्किने क्रममा त्रिपाठीमाथि अदालत परिसरमा कुटपिट भएको थियो । रविविरुद्ध बहस गरेको भन्दै उनीमाथि आक्रमण भएको थियो । त्रिपाठीमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका तीन जनामाथि ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको थियो ।

बिज्ञापन

काठमाडौं जिल्ला अदालतका न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका तीनै जनालाई जनही एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो । तर, धरौटी बुझाउन नसक्दा एकजना कारागार चलान भएका छन् ।

दोलखाको तामाकोशी गाउँपालिका–१ का ४८ वर्षीय ललितकुमार केसी र झापाको बुद्धशान्ति गाउँपालिका–४ की ५५ वर्षीया सीतादेवी राई धरौटी बुझाएर रिहा भएका छन् भने हुम्लाको अदानचुली गाउँपालिका–४ घर भएका ३२ वर्षीय महानन्द जैसी धरौटी बुझाउन नसकेपछि केन्द्रीय कारागार जगन्नाथदेवल चलान भएका हुन ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

संघीय निजामती विधेयकमा नयाँ ट्विस्ट : ‘३०–५५’ सँगै ‘३०–५१’, ३० वर्षभन्दा बढी सेवाको पेन्सन पनि सीमित गर्ने तयारी

३०- ५५ को प्रावधानमा अर्थ मन्त्रालयको सहमति

गृहको नयाँ ओएनएम : ९५ दरबन्दी थपेर ४ हजार ६ सय ११ कायम

अब २५ जिल्लामा उपसचिव,५२ जिल्लामा सहसचिव सिडियो

संखुवासभा र बैतडीमा नयाँ सिडियो

अख्तियारको राडारमा तीन पूर्व प्रधानमन्त्रीका स्वकीय

मुख्य सचिवसहित पाँच सचिव सञ्चालक रहेको अस्पतालको यो हबिगत

निमित्त महानिर्देशकले लत्याए बालेन सरकारले निर्देशन

बिशेष