संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा र राष्ट्रिसभाको बैठक आज बस्न लागेको हो । प्रतिनिधिसभा बैठक दिउँसो १ बजे र राष्ट्रिसभाको बैठक सवा १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ ।
बिज्ञापन
प्रतिनिधिसभा बैठकमा अध्यादेश स्वीकार गरियोस् भन्ने प्रस्ताव र अध्यादेश अस्वीकार गरियोस् भन्ने सूचना टेबुल हुनेछ । बैठकमा सरकारले ल्याएको अध्यादेश निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूचीमा राखिएको हो । सरकारले माघ १८ गते संसदमा पेस गरेको ६ वटा अध्यादेश दुवै सदनबाट स्वीकृत हुनुपर्छ। अस्वीकृत भए अध्यादेश तत्काल निष्क्रिय हुन्छन्।
बिज्ञापन
अध्यादेश अस्वीकृतिका लागि प्रतिनिधि सभामा ५० र राष्ट्रिय सभामा १६ वटा प्रस्ताव दर्ता भएका छन्। प्रतिनिधि सभामा सत्तारुढ गठबन्धनको भारी बहुमत कांग्रेस ८८ र नेकपा एमाले ७८ रहेकोले सजिलै पास हुने नै भयो। तर,प्रतिनिधिसभामा पाँच र राष्ट्रिय सभामा तीन सिट रहेको जनता समाजवादी पार्टी नेपाल अध्यादेश स्वीकृत गराउने वा नगराउनेमा निर्णयक देखिएको छ ।
राष्ट्रिय सभामा अध्यादेश पास गराउन मात्र एक सिटको खाँचो छ । जसपा नेपालसँग तीन सिट छन् । त्यही तीन जना सांसदका कारण जसपा नेपाल अध्यादेशका लागि निर्णायक देखिएको हो ।
बिज्ञापन
अध्यक्ष उपेन्द्र यादवका अनुसार,अध्यादेशलाई समर्थन गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय आज हान ११ बजे बस्ने बैठकबाट तय हुने बताउँछन् । अहिलेसम्म अध्यादेशप्रति कुनै धारणा नबाइसकेको उनको भनाई छ ।