एमाले निकट कर्मचारी संगठनका नेताविरुद्ध भ्रष्टाचार मुद्धा दायर

शिक्षक कितावखाना ताहाचलका शाखा अधिकृत धनेश्वर प्रसाईविरुद्ध भ्रष्टाचार मुद्धा दर्ता भएको छ । अख्तियारले उनीविरुद्ध भ्रष्टाचार मुद्धा दर्ता गरेको छ । अख्तियारको टोलीले राष्ट्रिय किताबखाना (शिक्षक)का शाखा अधिकृत धनेश्वर प्रसाईलाई शिक्षकको पेन्सन कागजात बनाउने क्रममा सेवाग्राहीसँग ३ लाख रकम घुस लिइसकेको अवस्थामा गत पुसम पक्राउ गरेको थियो । अवकाश प्रास्त कर्मचारीसँग समेत घुस लिन पछि नपरेका प्रसाईलाई अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

बिज्ञापन

अवकाशप्राप्त शिक्षकको नियमानुसार बन्नुपर्ने पेन्सनपट्टा (निवृत्तभरण अधिकारपत्र) बनाइदिनको लागि विभिन्न बहाना बनाई घुस माग गरी लिएको पुष्टि भएकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा ३ लाख रुपैयाँ बिगो कायम गरी आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको अख्तियारले विज्ञप्तिमार्फत जनाएको छ।

बिज्ञापन

एमाले निकट कर्मचारी संगठनका नेता प्रसाइले पटक–पटक सरुवा उल्टाउँदै आएका थिए । प्रसाईको सरुवा पछिल्लो पटक गत असोजमा शिक्षा तथा मानवस्रोत विकास केन्द्र सानोठिमीमा सरुवा भएको थियो । तर उनी सरुवा भएको कार्यालयमा नगई कितावखानामा बसी देशका ग्रामीण भेगबाट आउने शिक्षकको पेन्सन कागजात बनाउँदा घुस असुलीमा तल्लीन थिए । कितावखानाबाट सरुवा भएपछि अधिकृत प्रसाईले शिक्षा मन्त्रालयका सचिव दीपक काफ्लेलाई धम्की नै दिएका थिए ।

प्रसाईबिरुद्ध यस अघि पनि सेवाग्राहीसँग ५२ हजार घुस लिएकोमा मुद्दा दायर भएको थियो तर विशेषबाट उनले सो प्रकरणमा सफाई पाएका भए पनि विशेषको फैसला चित्त नबुझेर अख्तियार सर्वाेच्चमा पुगेको छ । विशेषबाट क्लिन चिट पाएर सेटिङ मिलाएर फेरि किताबखाना पुगेका उनी एक जना अवकाश प्राप्त कर्मचारीसँग ३ लाख घुस लिएको प्रकरणमा अख्तियारले विशेषमा मुद्धा दायर गरेको हो ।विशेषबाट सफाइ पाए पछि उनी पुनः कितावखानामै पुगेका थिए । त्यता पुगेको केही समय नबित्दै फेरि अर्काे भ्रष्टाचार मुद्धा चलाइएका हो । मुद्दाको साथमा अदालतमा पेस भएका उनीविरुद्धको बयान सुरु भइसकेको छ । प्रसाई एमालेनिकट नेपाल निजामती कर्मचारी संगठनका नेता हुन्। उनी शिक्षा मन्त्रालयको विभागीय कार्यसमितिका कोषाध्यक्ष समेत हुन । विशेषबाट केही अगाडिमात्र सफाई पाएका उनलाई अख्तियारले फेरि अर्काे भ्रष्टाचार मुद्धा चलाएका हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

कार्यकक्षमै कुटिए सब इन्जियर,न्याय खोज्दै प्रहरीमा उजुरी

सामान्य प्रशासनमै गाभियो भूमि : बन्नेभयो भूमि, सहकारी तथा मानव संसाधन मन्त्रालय

कर्मचारीलाई सरकारको कडा चेतावनी – अब राजनीति गरे जागिर जाने

तीन करोड राजस्व हिनामिनामा बहालवाला तीन उपसचिवसहित पाँचविरुद्ध भ्रष्टाचार मुद्दा दायर

बालेनसँग डराएनन् ५ हजारभन्दा बढी कर्मचारी: बुझाएनन् सम्पत्ति विवरण

राजनीतिमा लागे निजामती कर्मचारी सेवाबाटै हटाइने

सर्वोच्च अदालतमा रिट दर्ता प्रक्रियाप्रति बार एशोसिएशनको गम्भीर चासो

वनमन्त्रीको शासन : तीन बर्षदेखि काजमा कार्यरत कर्मचारीलाई निमित्त सदस्य सचिवको जिम्मेवारी

बिशेष