गोल्डमेडलिष्ट उपसचिवलाई विशेषले आंशिक सफाइ दिए पछि अख्तियार पुग्यो सर्वोच्च

घुस रकमसहित रङ्गेहात पक्राउ परेका पर्यटन मन्त्रालयका उपसचिव प्रमोद नेपाललाई विशेष अदालतले एक बर्ष कैद र ६ लाख जरिवाना तोक्यो गत बर्ष माघ १९ मा ।

बिज्ञापन

विशेष अदालतले घुस रकम सहित पक्राउ परेका नेपाललाई भ्रष्टाचार मुद्धामा दोषी ठहर गर्दै अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले नेपाललाई दोषी ठहर गर्दै १ वर्ष कैद सजाय र ६ लाख जरिवाना हुने फैसला सुनाएको बर्ष दिन पछि उक्त फैसलाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वाेच्च पुगेको छ ।

बिज्ञापन

२०७९ साउन १७ गते अपराह्न नागपोखरीस्थित होटल अरण्यको परिसरबाट साढे २२ लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका थिए नेपाल जो त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र विषयमा स्नातकोत्तरका गोल्ड मेडलिष्ट थिए । पेशाले सिनियर एयर ट्राफिक कन्ट्रोल अफिसर (सिनियर एटीसी अफिसर) रहेका उनको जिम्मेवारी संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नागरिक उड्डयन महाशाखामा कार्यरत उनै नेपाललाई अख्तियारको टोलीले ०७९ साउन १७ गते एकाएक नागपोखरीस्थित होटल अरण्यबाट ६ लाख घुस रकमसहित पक्राउ गरेको थियो ।

सो पछि अख्तियारले नेपाल सहित वीवी एयरवेजका तत्कालीन कार्यकारी अधिकृत हरिभक्त श्रेष्ठलाई समेत प्रतिवादी बनाएर मुद्धा चलाएको थियो । सर्वाेच्चले एक बर्ष कैद र ६ लाख जरिवाना सुनाएको बर्ष दिन पछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत नागरिक उड्डयन महाशाखाका तत्कालीन प्राविधिक उपसचिव प्रमोद नेपालविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गराएको छ हो ।

बिज्ञापन

अदालतले बरामद गरिएको १६ लाख ५० हजार रूपैयाँ घुस वा रिसवतका रूपमा लिएको पुष्टि नभएको ठहर गर्दै भ्रष्टाचारको आरोप पुष्ट्याउन पर्याप्त प्रमाण नभएको जनाएको थियो। तर, ६ लाख रूपैयाँ घुस लिएको भने ठहर भएको थियो । साथै, उनलाई कैद र जरिवानाको समेत फैसला भएको थियो । विशेष अदालतको निर्णय चित्त नबुझेपछि सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरिएको अख्तियारले जनाएको छ ।

 

भुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गर्दा गोल्ड मेडल पाए लगत्तै उपसचिव नेपाललाई नेपाल सरकारले छात्रवृत्तिमै थप अध्ययनका लागि बेलायत पठाएको थियो । छात्रवृत्तिको अध्ययन सकाएर नेपाल पक्राउ पर्नुभन्दा ८ महिना अगाडि मात्रै नेपाल फर्किएर पर्यटन मन्त्रालयको हवाई उड्डयन महाशाखामा काम गर्न थालेका थिए । उक्त महाशाखाको हवाई सम्झौता तथा अन्तर्राष्ट्रिय नागरिक उड्डयन शाखाको प्रमुख थिए, उपसचिव प्रमोद नेपाल । तर जिम्मेवारी सम्हालेको केही समय पछि नै उनी घुससहित रंगेहात पक्राउ परेका थिए ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

स्मार्ट टेलिकम घोटाला : नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्ष,सीइओसहित ७ प्रतिवादी

प्रमुख प्रशासकीय अधिकृतसँग लिखित स्पष्टीकरण माग

यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

रोनाल्डोले दिए राजीनामा,भाग्य चम्कियो रेजिनाको

लेखा अधिकृत र इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्धा दायर

मन्त्रीपरिषद् बैठक ३ बजे बस्दै

स्थानीय तहमा मध्यमकालीन खर्च संरचना : कागजी औपचारिकता कि वित्तीय अनुशासन ?

एजाइल व्यवस्थापन : परिवर्तनसँगै अघि बढ्ने आधुनिक व्यवस्थापन पद्धति

बिशेष