सचिव दुवाडीको सुशासन : कार्यविधि विपरित एक दर्जन जिल्लामा उपसचिवलाई सिडिओ

गृह प्रशासनमा चरम बेथिति देखिएको छ । अहिले गृहमन्त्रीको कुर्सीमा छन्,रमेश लेखक,गृह सचिव छन् गोकर्णमणि दुवाडी । हिजो भूमि मन्त्रालयमा हुँदा अनेकन बदमासीमा मुछिएका उनै दुवाडीले कमाण्ड गरिरहेको गृह प्रशासनमा चरम विकृती र विसंगतीहरु देखिएको गृह मन्त्रालयले जनाएको छ ।
पछिल्लो समय गृहमन्त्री रमेश लेखकले आफ्नो सचिवालय र कोर टिममा भित्र्याएका मध्ये केही अख्तियारले डामेर भर्खरै क्लिन चिट पाएका कर्मचारीहरु रहेका छन् ।
यस्तै कर्मचारीहरुका कारण गृहको कर्मचारी खटन पटन नीति,थिति,विधि र पद्धतिले कम चलिरहेको गृहकै कर्मचारीहरुले दुखेसो पोख्ने गरेका छन् । पछिल्लो समय कर्मचारी खटन पटन गरिँदा काँग्रेस दल निकटका कर्मचारीहरुलाई धमाधम कार्यविधिविपरित प्रमुख जिल्ला अधिकारी बनाएर खटाइएको छ । सहसचिवको दरबन्दी भएका जिल्लामा समेत काँग्रेस निकट कर्मचारी भएकै कारण उपसचिवलाई प्रमुख जिल्ला अधिकारी बनाएर खटाइरहेको छ ।

बिज्ञापन

गृहले प्रमुख जिल्ला अधिकारीको पदस्थापन वा सरुवा गर्ने वा कामकाज खटाउनेसम्बन्धी कार्यविधि २०८० मा विभिन्न ६१ जिल्लामा सहसचिवको दरबन्दी र १६ जिल्लामा उपसचिवको दरबन्दी तोकेको छ तर कार्यविधि विपरित अहिले एक दर्जन जिल्लामा उपसचिव प्रमुख जिल्ला अधिकारी रहेका छन् । अझैं केही उपसचिवलाई सहसचिवको दरबन्दी रहेको जिल्लामा प्रमुख जिल्ला अधिकारी बनाएर खटाउने गृहकार्य अगाडि बढेको गृह स्रोतले जनाएको छ ।

बिज्ञापन

गृह  आफैले प्रमुख जिल्ला अधिकारीको पदस्थापन वा सरुवा गर्ने वा कामकाज खटाउनेसम्बन्धी कार्यविधि बनाएको छ, कार्यविधिको दफा ६ ले ६१ जिल्लामा सहसचिवको दरबन्दी तोकिएको छ । यसबाहेकका १६ जिल्लामा उपसचिवको दरबन्दी छ । तर अहिले कार्यविधि एकातिर छ अनि कर्मचारी खटन पटन अर्काेतिर ।

बिज्ञापन

जस्तो अहिले सहसचिव दरबन्दी रहेका डोटीमा मोहनराज जोशी,वैतडीमा दीर्घराज उपाध्याय, डडेल्धुरामा चोमेन्द्र न्यौपाने, अछाममा शिव प्रसाद लम्साल, जुम्लामा राम बहादुर शाही प्रमुख जिल्ला अधिकारीको भूमिकामा छन् । कार्यविधि विपरित आफ्नै गृह जिल्ला दैलेखमा नवराज जैसीलाई प्रमुख जिल्ला अधिकारीको रुपमा खटाएको गृहले सल्यान, प्युठान, अर्घाखाँची र रामेछाप लगायतका जिल्लामा समेत उपसचिवलाई प्रमुख जिल्ला अधिकारी बनाएर खटाएको पाइन्छ ।

जसमध्ये सल्यानमा सावित्रा पुन,यस्तै प्युठानमा रमा आचार्य (सुवेदी),अर्घाखाँचीमा वावुराम अर्याल प्रमुख जिल्ला अधिकारी छन् भने रामेछापमा राजुप्रसाद पौडेललाई प्रमुख जिल्ला अधिकारीको रुपमा खटाइएको छ ।
गृह आफैले बनाएको कार्यविधि अनुसार यी जिल्लामा सहसचिवको दरबन्दी तोकिएको छ । तर डोटीमा २०८१ कार्तिक १२ गतदेखि मोहनराज जोशी प्रमुख जिल्ला अधिकारीको कुर्सीमा छन् भने बैतडी जिल्लामा दीर्घराज उपाध्याय ८१ कार्तिक १२ गतेदेखि नै प्रमुख जिल्ला अधिकारीको भूमिकामा छन् । यस्तै डडेल्धुरा जिल्लामा प्रमुख जिल्ला अधिकारी रहेका चोमेन्द्र न्यौपाने २०८१ भाद्र २४ गतेदेखि अछाममा शिव प्रसाद लम्साल ८१ साल वैशाख २४ गतेदेखि प्रमुख जिल्ला अधिकारीको भूमिकामा रहेका छन् । यस्तै सरकारले जुम्लामा समेत सहसचिवलाई नै प्रमुख जिल्ला अधिकारी रहने गरी कार्यविधि बनाएको छ । यदी कार्यविधि खोट छ भने सो संशोधन किन गरिदैन ? अनि कार्यविधि एकाथरी बनाएर त्यहाँ अहिले राम बहादुर शाही असोज ९ गतेदेखि प्रमुख जिल्ला अधिकारीको भूमिकामा छन् । कार्यविधिले आफ्नै गृह जिल्लाको प्रमुख जिल्ला अधिकारी बनाउन मिल्दैन भन्छ तर नवराज जैसी काँग्रेस निकट कर्मचारी भएकै कारण दैलेख जिल्ला हाक्ने अवसर पाइरहेका छन् ०८१ आश्विन ७ गतेदेखि । यस्तै गरी सल्यान जिल्ला प्रशासनको नेतृत्व सावित्रा पुनले गरिरहेकी छिन्,यही पुस २८ गतेदेखि । गृहका अनुसार प्युठान जिल्लामा समेत सहसचिव नै प्रमुख जिल्ला अधिकारी रहन्छन् तर त्यहाँ उपसचिव तहको रमा आचार्य (सुवेदी) भदौं ३१ गतेदेखि, अर्घाखाँची जिल्लामा बाबुराम अर्याल भखौं ३० र रामेछाप जिल्लामा राजु प्रसाद पौडेल असोज ६ गतेदेखि प्रमुख जिल्ला अधिकारीको भूमिकामा रहेका छन् ।
गृहले फेरि सहसचिवकै दरबन्दी रहेका केही जिल्लामा उपसचिव तहका कर्मचारीहरुलाई प्रमुख जिल्ला अधिकारी बनाएर खटन पटन गर्दैछ । जसमा यस अघि रसुवा जिल्ला प्रशासन चलाएर आएका काँग्रेस निकटका कर्मचारी प्रकाश अधिकारी,हाल जेलरको भूमिकामा रहेका कृष्ण कटुवाल लगायतका केही उपसचिवहरुलाई सहसचिव दरबन्दी रहेको जिल्लामा प्रमुख जिल्ला अधिकारी बनाएर खदाउने गृहकार्य अगाडि बढिरहेको गृह स्रोतले दावा गरेको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।