मन्त्रीको सदाबहार पीए,कर्मचारी र प्रहरीको सरुवामा मुछिए

लाहुरेभन्दा गुन्टाको फुर्फुर धेरै त्यस्तै हालत छ अहिले गृह मन्त्रालयमा । सो मन्त्रालय अहिले पर्वतेहरुको कब्जामा छ । इमान्दार उपसचिवका रुपमा चिनिएका धर्मराज जोशीलाई गृहबाट लखेटिएको महिनौं भइसक्यो । उनी शुरुमा गृहमन्त्री रमेश लेखेको सचिवालयमा थिए,त्यहाँबाट अध्यागमन खटाइयो । उनी सहसचिव बन्ने लाइनमा छन् । यसरी त्यहाँँबाट सरुवा भएको महिनौं बित्दा पनि उनको नाम गृहकै वेवसाइडमा देखिन्छ तर उनै जोशीलाई लखेटेर मन्त्रीको सचिवालयमा भित्रिएका बद्री तिवारीको हालीमुहालीका कारण अहिले गृह प्रशासन बदनाम हुन पुगेको छ । त्यहाँ मन्त्री रमेश लेखक छन्,अनि सचिव गोकर्णमणि दुवाडी,जसरी हिजो दुवाडी भूमि व्यवस्थामा हुँदा उनका भाञ्जाका उठ्ती पुट्तीका कारण गृह प्रशासन बदनाम थियो आज उस्तै हालत छ गृह प्रशासनको । गृहका कर्मचारीदेखि प्रहरीसम्मको सरुवामा उनै बद्री हावी हुँदा अहिले गृह प्रशासन बदनाम हुन पुगेको छ । अहिले मन्त्रीको सचिवालयमा भित्रिएका तिवारी यस अघि दिल्ली दुतावासमा थिए ।

बिज्ञापन

डिभिजन सहकारी कार्यालय ललितपुरमा केही समय बसेका उनी अघिल्लो पटक रमेश लेखक मन्त्री हुँदा उनकै सचिवालयमा बसेका कर्मचारी हुन । शेरबहादुर प्रम हुँदा उनकै सचिवालयमा बसेका कर्मचारी हुन । अहिले अहिले गृह प्रशासनमा पर्वतेहरु हाबी छन् । मन्त्रीको निजी सचिव तिवारी,कर्मचारी प्रशासनका हाकिम छवि रिजालदेखि ललितपुरको प्रमुख जिल्ला अधिकारी बनाएर खटाइएका रमेश ढकाल समेत पर्वते हुन । गृहमन्त्री रमेश लेखकले ४ कार्तिक मा उनलाई सचिवालयमा भित्राएका हुन ।यस अघि रमेश लेखक राज्यमन्त्री हुँदा उनको सचिवालयमा बसेका बद्री रिजाल पछि शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा उनको पनि सचिवालयमा पुगे अहिले धर्मराज जोशीलाई लखेटेर फेरि रमेश लेखकको सचिवालयमा भित्रिएर पर्वते टिम त बनाएकै थिए । उनी पछिल्लो समय प्रमुख जिल्ला अधिकारीको सरुवादेखि प्रहरी सरुवा विवादमा समेत मुछिदैं आएका छन् । तिवारीले गृह मातहतका विभिन्न जिल्लाका सिडियोदेखि अध्यागमन कार्यालय, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सरुवामा प्रिपेड घुस लिने गरेको गृह स्रोतका भनाई छ । उसो त यसअघि रमेश लेखक २०६४ सालमा श्रम राज्यमन्त्री हुदा तिवारी विभिन्न च्यानलको प्रयोग गरेर उनै लेखकको सचिवमा छिरेका थिए ।

बिज्ञापन

त्यतिबेला पनि तिवारीले म्यानपावर ब्यावशायीहरुसँग पैसा उठाउने गरेको अरोप लागेको थियो । आर्थिक उठौतीमा सम्वन्ध भएका कारण लेखकले आफु गृहमन्त्री हुदा फेरि तिवारीलाई राख्नुको पछाडि उठ्ती पुट्तीमा सजिलो होस भनेर राखेको बुझ्न कठिन छैन । देउवा प्रधानमन्त्री हुँदा सचिवालयमा बसेर आतंक मच्चाए पछि त्यहँँबाट हटाएर नयाँ दिल्लीस्थित नेपाली दूतावासको सहायक कन्सुलरको खटाइएको उनलाई गृहमा भित्र्याउनुको पछाडि दालमा केही न केही कालो छ भन्दैछन्,गृहकै कर्मचारीहरु । टिआइएमा मात्र दरबन्दीभन्दा ४० जना बढी अधिकृतहरु खटाएर उनीहरुसँग बानेश्वरको इन्द्रेणी फुडल्याण्याडमा बोलाएर रकमको डिल गरेको आरोप छ उनीमाथि । यस्का अलवा उनकै जोडबलमा अहिलेर अध्यागमन प्रमुख भएर पठाइएका तिर्थराज भट्टराईले रकम बोकेरै उनै बद्रीलाई भेट्न आउने गरेको गुनासो गृहमा व्यापक छ ।

बिज्ञापन

पछिल्लो समय नेपाल प्रहरीमा ३७ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रहरी उपरीक्षक (एसपी) मा बढुवाका लागि सिफारिस हुँदा समेत रिजाल हावी भएको प्रहरी स्रोत दावी गर्दछ । २०७२ सालमा डिएसपीमा बढुवा भएका ७ जनालाई छुटाएर २०७४ मा डिएसपी भएका १० जनालाई बढुवा गरिएको छ । यसले गर्दा संगठनमा ठुलो असन्तुष्टि पैदा भएको छ । यसअघि पनि ३९ नम्बर र ३४ नम्बरलाई अगाडि ल्याउन अगाडि भएकालाई बढुवामा छुटाइएपछि प्रहरी संगठनमा असन्तुष्टि उत्पन्न भएको थियो । यसले गर्दा संगठनमा मनोबल खस्केको र विवादितहरूले मात्रै अवसर पाएको भन्दै असन्तुष्टि बढेको हो ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।