सात उपसचिवको सरुवा

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सात उपसचिवको सरुवा गरेको छ । जसमा पाँच प्रमुख प्रशासकीय अधिकृत रहेका छन् ।

बिज्ञापन

मन्त्रालयले काठमाडौंको तारकेश्वर नगरपालिका,दुधौली नगरपालिका,सिन्धुली,लेटाङ नगरपालिका, मोरङ,कनकाई नगरपालिका, झापा,कपिलवस्तु नगरपालिका र फलेवास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतहरुको सरुवा गरेको हो ।

बिज्ञापन

जस अनुसार,तारकेश्वर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तलाई दुधौली नगरपालिका, सिन्धुली खटाइँदा त्यहाँ मन्त्रालयबाट ईश्वर प्रसाद आचार्य जिम्मेवारी सम्हाल्न पुगेका छन् ।

यस्तै दुधौली नगरपालिकाबाट विष्णु प्रसाद सुवेदीलाई लेटाङ नगरपालिका, मोरङमा, नारायण न्यौपानेलाई कनकाई नगरपालिका, झापामा सरुवा गरिएको छ। यस्तै, कपिलवस्तु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसाललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनीमा उपसचिव पदमा पठाइएको छ।

बिज्ञापन

यसबाहेक, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहका उपसचिव पदम प्रसाद बजगाईँलाई जिल्ला समन्वय समिति कार्यालय, सिन्धुलीमा सरुवा गरिएको छ भने फलेवास नगरपालिका, पर्वतका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद पौडेललाई जिल्ला समन्वय समिति कार्यालय, नुवाकोटमा पठाइएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेलमा बस्न नपर्ने

अकिंत कर्णको कहालीलाग्दो संघर्ष : २७ प्रयास पछि बल्ल स्थायी नियुक्तिका लागि सिफारिस

एकैपटक म्याडमद्वारा महिनाभरको हाजिर

डिम्बको व्यापार : अनुसन्धानको दायरामा डा नुतन

रास्वपा सांसदको प्रस्ताव : सिंहदरबारको नाम परिवर्तन गरौं

समकालीन नेपाली कर्मचारीतन्त्र : परिवर्तनमुखी कर्मचारीतन्त्र, प्रशासनिक जडता र रूपान्तरणको अपरिहार्यता

ग्यास डिपोमा सादा पोशाकका प्रहरी परिचालन

नाट्टा महासचिवमा सुशील पन्तको उम्मेदवारी

बिशेष