निलम्बित सचिवको मुद्धा आज पनि ‘हेर्न नमिल्ने’

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परि थुनामा रहेका निलम्बित सचिव टेकनारायण पाण्डेको मुद्दा आज पनि हेर्न नमिल्नेमा परेको छ । सोमबार पनि उनको पत्नी मञ्जु पाण्डेले दायर गरेको रिट सुनुवाइका लागि प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा पेशी तोकिएको थियो । सो मुद्धा हिजोझैं आज पनि सुनुवाई गर्न नमिल्नेमा राखिएको हो ।

बिज्ञापन

आफ्नो श्रीमानलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै पाण्डे पत्नी मञ्जुले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता गराएकी थिइन । पाण्डेले प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, जिल्ला अदालत काठमाडौं, महान्यायाधीवक्ताको कार्यालय, जिल्ला प्रहरी परिसर काठमाडौं, काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालय अनि सर्वोच्च अदालतलाई समेत विपक्षी बनाएर गत शुक्रवार निवेदन दर्ता गराएकी थिइन । शुक्रबार दर्ता भएको निवेदनमाथि आइतबार प्रारम्भिक सुनुवाइ हुनुपर्ने थियो, तर प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले हेर्न नमिल्ने भएपछि मुद्दा स्थगित भएको छ ।

बिज्ञापन

आइतबार पनि पाण्डेको मुद्दा प्रधान न्यायाधीशकै इजलासमा पेसी तोकिएको थियो । तर हेर्न नमिल्ने भएपछि स्थगित भएको थियो। आज पनि उक्त मुद्दा हेर्न नमिल्नेमा राखिएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालतले अधिकांश प्रतिवादीलाई थुनामा पठाउँदा निलम्बित सचिव पनि थुनामै गएका थिए ।सरकारले पहिलो अभियोग पत्रमा पूर्व मन्त्रीहरु बालकृष्ण खाँण र टोपबहादुर रायमाझीसहितलाई प्रतिवादी बनाउँदा पाण्डेलाई पनि प्रतिवादी बनाएर मुद्धा चलाएको थियो । त्यस विरुद्ध उनी उच्च अदालत पाटन पुगेका थिए । पाटनले पनि जिल्लाकै आदेश सदर गरेपछि पाण्डे पत्नी सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता गराएकी हुन ।

पाण्डे २० वैशाख, २०८० मा पक्राउ परेका पाण्डे अदालतको आदेशअनुसार थुनामा छन् । उनीविरुद्धको नक्कली शरणार्थी प्रकरणको ठगी मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधीन छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

स्मार्ट टेलिकम घोटाला : नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्ष,सीइओसहित ७ प्रतिवादी

प्रमुख प्रशासकीय अधिकृतसँग लिखित स्पष्टीकरण माग

यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

रोनाल्डोले दिए राजीनामा,भाग्य चम्कियो रेजिनाको

लेखा अधिकृत र इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्धा दायर

मन्त्रीपरिषद् बैठक ३ बजे बस्दै

स्थानीय तहमा मध्यमकालीन खर्च संरचना : कागजी औपचारिकता कि वित्तीय अनुशासन ?

एजाइल व्यवस्थापन : परिवर्तनसँगै अघि बढ्ने आधुनिक व्यवस्थापन पद्धति

बिशेष