१० नगरपालिका र १३ गाउँपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी रद्ध

 

बिज्ञापन

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २३ वटा स्थानीय तहका निमित्त प्रमुख प्रशासकीय अधिकृतको आर्थिक र प्रशासनिक जिम्मेवारी रद्ध गरेको छ । हालैमात्र मन्त्रालयमा नयाँ सचिवका रुपमा रविलाल पन्थ भित्रिएसँगै उनले लामो समयदेखि स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहेका कर्मचारीहरुको आर्थिक र प्रशासनिक अधिकार कटौती गरिदिएका हुन ।

बिज्ञापन

मन्त्रालयले झण्डै बर्ष दिनदेखि निमित्तको जिम्मेवारीमा रहेका विभिन्न स्थानीय तहको जिम्मेवारी रद्ध गरेको हो । प्रशासन,स्वास्थ्य,कृषि सेवाका अधिकृत छैंटौं र सातौं तहका निमित्त प्रमुख प्रशासकीय अधिकृतहरुबाट आर्थिक र प्रशासनिक जिम्मेवारी रद्ध गरेको जनाएको छ । जसमा १० नगरपालिका र १३ वटा गाउँपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी रद्ध गरेको जनाएको छ ।

जसमध्ये ८१ साल जेठ १८ देखि धनुषा नगरपालिकाको निमित्त प्रमुख प्रशसकीय अधिकृतको जिम्मेवारीमा रहेका अधिकृत छैटौं तहका संजित प्रसाद दास,कञ्चनरुप नगरपालिकामा अधिकृत सातौ तहमा कार्यरत रही गत भदौं ३१ गतेदेखि निमित्तको जिम्मेवारीमा रहेका नवराज खड्का,सिरहा नगरपालिका अधिकृत छैंटौं तहका बलिराम यादव,लोहरपट्टी नगरपालिकामा अधिकृत छैंटौं तहमा स्वास्थ्य सेवाका निमित्त प्रमुख प्रशासकीयको जिम्मेवारीमा रहेका बदरुल अन्सारी,स्वास्थ्य सेवा सातौ तहका विजय कुशवाह,जो महागढी नगरपालिकामा निमित्त थिए गत वैशाख २७ देखि । यस्तै,पोखरिया नगरपालिकामा कार्यरत स्वास्थ्य सेवा सातौं तहका अजय कुमार श्रीवास्तव,मंगलसेन नगरपालिकामा कार्यरत अधिकृत छैंटौं तहका खकेन्द्र बहादुर सोडारी र महाकाली नगरपालिकामा गत बर्ष चैत्र २८ गतेदेखि निमित्त प्रमुख प्रशासकीय अधिकृत रहेका नरसिंह बडाललाई आर्थिक र प्रशासनिक जिम्मेवारी रद्ध गरिएको मन्त्रालयले जनाएको छ ।

बिज्ञापन

यस्तै मन्त्रालयले १३ वटा गाउँपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृतको आर्थिक र प्रशासनिक जिम्मेवारी रद्ध गरेको छ । जसमा ७ जना स्वास्थ्य सेवातर्फका,कृषिका एक,अधिकृत छैंटौं तहको १ जना र बाँकी प्रशासन सेवाको रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

जावलाखेल चिडियाघरको बर्डफ्लु प्रकरण : सूचना लुकाइयो कि बलिको बोको बनाइयो ?

राहदानी छपाइ अनियमितता अनुसन्धानमा पूर्वमन्त्री श्रेष्ठसँग अख्तियारको सोधपुछ

वाणिज्य नीति : सरकारी निकायमा स्वदेशी वस्तु प्रयोग गर्ने व्यवस्था

पूर्वाधार विकास मन्त्रालयमा दुई सचिवको प्रस्ताव

प्रधानमन्त्री कार्यालयमा निर्वाचन आयोग पदाधिकारी पनि अपमानित, बोलाएर गेटबाटै दिइएन प्रवेश

नेपालको निजामती प्रशासन: रूपान्तरणको संकट र सुधारको मार्गचित्र

ओली सरकारका खास,वालेन सरकारका आसपास

घरबाट हराएका पूर्व कार्यवाहक महालेखापरीक्षकको शव नारायणी किनारमा

बिशेष