राजश्व अनुसन्धान विभागका महानिर्देशक चण्डी घिमिरेले विभागको आन्तरिक सूचना चुहाउनेको जागिर खाने धम्की दिएका छन् । पछिल्लो समय राजश्व अनुसन्धान विभागका आन्तरिक सूचनाहरु चुहिन थालेपछि विभागले महानिर्देशक घिमिरेले निर्देशक र अधिकृतहरुलाई डाकेर बैठक डाकेर यस्तो धम्की दिएका हुन ।
बिज्ञापन
अघिल्लो साता मध्यान्ह विभागकै बैठक कक्षमा महानिर्देशक चण्डी घिमिरे, कृष्णकुमारी श्रेष्ठ,निर्देशक मणिराम पौडेल,नवराज अधिकारी,राजन विसी,केदार कोइराला,नारायण प्रसाद मैनाली,प्रकाश पोखरेलका अलवा विभागका अधिकृतहरुलाई उक्त बैठकमा डाकिएको थियो ।
बिज्ञापन
उक्त छलफलमा महानिर्देशक चण्डी घिमिरेलाई उदृत गर्दै स्रोतले भन्यो ‘तपाईहरुलाई यहाँ बस्न मन छ भने राम्रोसँग काम गर्नुस, होइन भने बाटो खुल्ला छ” भन्न भ्याए ।
हालैमात्र उपसचिवबाट सहसचिवमा बढुवा भएर विभागमा पुगेकी कृष्णकुमारी श्रेष्ठले आफ्नो पीडा पोखिन महानिर्देशक कहाँ जानुभयो भन्ने बिषय यहाँको नासु खरिदारहरुलाई थाहा हुन्छ मलाइ केही जानकारी हुन्न किन ?
पछिल्लो समय छायाँ डिजी बनेका निर्देशक राजन बिसीले आफ्नो मेरो मुख छुच्चो भएको र आफ्नो कारण कर्मचारीहरु रुष्ट रहेकोले म खासै केही बोल्दिन हैं भने ।
बिज्ञापन
सो बैठकमा हर्ताकर्ता देखिए नासु रामप्रसाद घिमिरेले उनले विभागका निर्देशक र अधिकृतहरुलाई थर्काउने शैलीमा भने,तपाईहरु जति जुध्नुहुन्छ कार्यालय भित्र बरु जुध्नुहोस लड्नुहोस तर बाहिर कुरा नलैजानुहोला । जहाँ पायो त्यही जस्तो पनि बोलिदिएको छ भन्दै उनले हाकिमहरुप्रति रोष पोखे । उनले यसरी बोल्दा कसैले प्रतिक्रिया दिएको सुनिएन । घिमिरे त्यहाँको कम्युटर अपरेटर हुन । यस अघि लामो समय इटहरीमा दुई बर्ष बसेर राजश्व अनुसन्धान विभागमा आएका हुन । अहिले त्यहाँ स्टोर किपरको भूमिकामा छन् । यस अघि पटक पटक सरुवामा परेर उल्टाउँदै आएका उनी अहिले एउटै जिल्लाबासी र थर समेत मिल्ने चण्डी घिमिरे उक्त कार्यालयको महानिर्देशक बनेर आएसँगै हाकिमको दाहिने हात बन्न पुगेका छन्,पछिल्लो समय ।
यस अघि नै घिमिरेको यस गत जेठमा त्यहाँबाट सरुवा भएको थियो । ०८१ साल जेठ १२ गते उनको सरुवा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत भएको सरुवा उल्टार उनी अहिले सो कार्यालयको छायाँ हाकिम बन्न थालेका छन् ।
२०७९ साल माघ १९ गते सहसचिवमा बढुवा भएका घिमिरेले गत भदौं ७ को निर्णय अनुसार विभागमा पुगेका थिए । उनले अब बढीमा आगमी असार सम्म जागिर खानेछन्,त्यसपछि उनी अवकाशमा जान लागेका छन् । उनै चण्डीका कार्यशैलीका कारण कर्मचारीमात्र होइन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सचिवालय समेत खुसी छैन भनिन्छ । व्यापारी र दलका नेताको स्वार्थमा चल्दा भन्सार राजस्व गिर्दो छ, राजस्व चुहावट गहिरिँदै गएको आवाज सुनिन्छ । क्षेत्राधिकार तोकिएको छ, राजस्व चुहावट तथा विदेशी विनिमय अपचलनसम्बन्धी कसुरमा अनुसन्धान, तहकिकात र अभियोजन गर्ने तर कमरेडी भर्तीकेन्द्र बन्दा राजश्व अनुसन्धान विभाग अहिले दमदार देखिन्न । प्रधानमन्त्री कार्यालयले घिमिरेको विकल्प खोजिरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ ।
उता पछिल्लो समय विभागले ठूल्ठूला व्यापारिक फर्महरुमा छापा मार्ने,मोलाहिजा गर्ने गरेको गुनासो चुलिए पछि अख्तियारले समेत ती फाइलहरु मागेको स्रोतको दावी छ । विशेष गरी राजन बिसी,मणिराम पौडेलले हेरेका फाइलहरुमा कैफियत देखिएको विभाग स्रोतले जनाएको छ ।
यसरी आन्तरिक सूचनाहरु चुहावट हुन थालेपछि पछिल्लो चरणमा त्यहाँका कर्मचारीहरुलाई समेत एक शाखाबाट अर्काे शाखामा जान समेत प्रतिवन्ध लगाइएको छ ।