भेप तस्करी प्रकरण :- मालिक फरार,कामदार पक्राउ

पछिल्लो समय तस्करहरुको ध्यान इलेक्ट्रिक सिगरेट (भेप)को तस्करीमा केन्द्रित रहेको भेटिएको छ । यिनै तस्करहरुको पोल खोलाखोल हुँदा यही सातामात्र दुई ठूला भेप तस्करहरु फन्दामा परेका छन् । जसमध्ये एक नाकाबाटै समाइए भने अर्काेको गोदाममै छापा मारेर करोडौं मूल्यको भेप राजश्व अनुसन्धान विभागले बरामद गरेको छ ।

बिज्ञापन

तस्करीमा सक्रिय व्यापारी हुन, उनै दिपेश चालिसेको समूहले रसुवा नाका हुँदै ९५ कार्टुन भेप भित्र्याउने प्रयास ग¥र्यो । २० दिनसम्म उक्त नाकामा भेप होल्ड भएपछि उसले नाका परिवर्तन गरेर मुस्ताङ्ग नाकाबाट उक्त भेप छिरायो । रमेश शेर्पाहरुको समूहले राजश्व अनुसन्धान विभागमा यो सूचना चुहाएपछि गत आइतबारमात्र मुस्ताङ नाकाबाट भेपसहित भित्रदै गरेको ग १ ख ६९९९ नम्बरको मालबाहक गाडीलाई नियन्त्रणमा लियो,राजश्व अनुसन्धान विभागले । उक्त मालबहाक गाडीका ९५ वटा कार्टुनभित्र १९ हजार पिस भेप राजश्व अनुसन्धान विभागले बरामद गरेको छ । राजश्व अनुसन्धानले भेप बरामद गरेको भोलिपल्ट अर्थात अस्ति सोमबार चालिसेको तर्फबाट एक व्यवसायी बयान दिनका लागि पुल्चोकस्थित राजश्व अनुसन्धान विभागमा पुगेका थिए ।

बिज्ञापन

उनी गेटमा पुगेपछि बेहोस भएर ढले र तत्कालै अस्पताल पु¥याइएको विभाग स्रोतले जनाएको छ । अहिले यो समूहबाट घ्याचे गुरुङ्गे,आङ्गे गुरुङ्ग,बिष्णु थापा पक्राउ परेका छन् । सो को दुई दिन पछि नै उनै चालिसे समूहकै सूचनाका आधारमा राजश्वले अर्काे गोदाममा छापा मा¥र्यो मंगलबार । इमाडोलस्थित गोदामबाट १ लाखभन्दा बढी भेप बरामद गरेको हो । उक्त भेप सिल्क ट्रान्सपोर्टका संचालक रमेश शेर्पाको समूहको रहेको राजश्व अनुसन्धान विभागका अधिकारीहरुले जनाएका छन् । प्रति भेपको मूल्य पाँच डलर पर्ने भए पनि उक्त गोदाममा रहेको भेप डेट एक्सपायर भइसकेको थियो । शेर्पाको समूहले तीन डलरका दरमा बेच्न खोजेर पनि बेच्न सकेको थिएनन् । भेपको अहिले न्यूनतम मूल्य पाँच डलर न्यूनतम राखेर त्यसमा भन्सार महसुल ४० प्रतिशत,२० प्रतिशत थप भन्सार महसुल,अन्तशुल्क ४० प्रतिशत र १३ प्रतिशत मूल्य अभिवृद्धि कर जोड्दा झण्डै प्रति पिस १७ सय ४० पर्ने देखिन्छ । एक लाख पिसको मूल्य झण्डै १७ करोड ४० लाख बढी पर्ने अधिकारीहरु बताउँछन् । सिल्क ट्रान्सपोर्टका सञ्चालक शेर्पालाई काँग्रेसी नेता मोहन बस्नेतको आड र भरोसा रहेको उनी निकटका व्यवसायीहरुले बताएका छन् । कतिसम्म भनिन्छ भने तातोपानी भन्सारको त साँचो नै आफैंले राख्ने गरेको व्यवसायीहरु बताउँछन् । गोदाममा छापा मारेसँगै शेर्पा भने फरार भएका छन् । उनका समूहका दुई जना प्रहरी नियन्त्रणमा लिएको राजश्व अनुसन्धान विभागले जनाएको छ ।

पछिल्लो समय भेपको तस्करी कुन रुपमा बढ्दैछ भन्ने एउटा उदाहरण मात्र हो, साता दिनमै १ लाख १९ हजार थान भेप बरामद हुनु । यस अघि पथलैयाबाट १५ हजार र बुटवलबाट ४ हजार थान भेप बरामद गरिएको राजश्व अनुसन्धान विभागले जनाएको छ । उसो त नेपालमा भेप प्रतिवन्ध लगाउनु अगाडि दुई आर्थिक बर्षमा मात्र ३९ लाख थान भेप वैद्य च्यानलबाट भित्रिएको थियो । अघिल्लो आर्थिक बर्षमा ४ लाख हाराहारी थान भेप भित्रिएकोमा गत आर्थिक बर्षमा ३५ लाख बढी भेप भित्रिएको भन्सार विभागले जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।