तिवारीलाई गृह प्रवक्ताको जिम्मेवारी

गृह मन्त्रालयको प्रवक्ताको जिम्मेवारी रामचन्द्र तिवारीलाई दिइएको छ । यस अघि प्रवक्ताको भूमिकामा रहेका ऋषिराम तिवारी काठमाडौंको प्रमुख जिल्ला अधिकारी (सिडिओ) बनेपछि उक्त ठाउँमा रामचन्द्रलाई दिएको हो ।

बिज्ञापन

गृह मन्त्रालयले सुरक्षा तथा समन्वय महाशाखा प्रमुख समेत हेर्ने गरी रामचन्द्रलाई गृहको प्रवक्ता तोकिएको हो। यस अघि उद्योग विभागको महानिर्देशक हुँदै गृह मन्त्रालयमा भित्रिएका उनी सात महिना अगाडि २०८१ जेठ २३ गते सुनसरीको प्रमुख जिल्ला अधिकारी बनेर गएका थिए । उनलाई सात महिनामै गृहमा फिर्ता तानेर सुरक्षा तथा समन्वय महाशाखा प्रमुखको जिम्मेवारी दिइएको हो । गृह मन्त्रालयले सोमबार १० सहसचिव र उपसचिवसहित १२ जना कर्मचारीहरुको सरुवा गर्दा तिवारी गृह मन्त्रालयमा भित्रिएका थिए भने सुनसरीको प्रमुख जिल्ला अधिकारीमा धर्मेन्द्र कुमार मिश्रलाई खटाइएको छ ।

बिज्ञापन

०५६ सालमा निजामती सेवामा पाइला राखेका रामचन्द्र तिवारी बर्ष दिन पछि नासु,चार बर्ष पछि शाखा अधिकृत हुँदा जिल्ला निर्वाचन कार्यालय तनहुँ र केही समय स्थानीय तहमा बिताए । ०७१ सालमा उपसचिवमा उक्लिए पछि स्थानीय विकास अधिकारी,मुस्ताङ जिल्लाको प्रमुख जिल्ला अधिकारीका रुपमा केही समय काम गरे । त्यस्तै केही समय अध्यागमन र कारागार विभागमा बसेर काम गरेका उनी ०७८ सालमा सहसचिव बनेसँगै उद्योग विभागको महानिर्देशकको जिम्मेवारी सम्हाल्दै गृहमा पुगेका हुन । उनले अर्को साताबाट जिम्मेवारी सम्हाल्नेछन्।

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

गंगालालमै कुटपिट भएका चिकित्सक भन्छन्, ‘आक्रमण सहेरै पनि बिरामी आमाको ज्यान जोगाएँ’

क्यानका पूर्व महानिर्देशक प्रदीप अधिकारी थुनामै

बार्षिकोत्सव मनाएको भोलिपल्टै फेरियो टेलिकमको नेतृत्व

किताबखानाको सूचना शुद्धीकरण अभियान, विवरण उपलव्ध गराउन आह्वान

निर्वाचन आचारसंहिता लाग्नु अघि ‘छापामार शैली’मा कर्मचारी सरुवा,बदर गर्न अदालतको आदेश

स्थानीय प्रशासनको अनुमति वेगर भेला हुन खोजेपछि पक्राउ परे दुर्गा प्रसाई

मालपानीसँग राजश्व,यातायात,भन्सारदेखि वाणिज्यका कर्मचारीको ‘नेक्सस’ खोज्दै अख्तियार

प्रहरीमा राजीनामा दिनेको लर्काे,पाँच बर्षमै पाँच हजारद्धारा जागिर परित्याग

बिशेष