मुलुकको प्रमुख प्रशासकीय केन्द्रभित्रै झण्डै एक दर्जन सचिव,पाँच दर्जन उपसचिव तहका कर्मचारीलाई महिनौंदेखि बरण्डामा थन्क्याइएको छ ।अझ गृहमा त पाँच पाँच जना सहसचिवलाई बरण्डामा थन्कएर सहसचिवकै दरबन्दी भएको जिल्लामा उपसचिवलाई प्रशासनको कमाण्डर बनाएर त कतै कामु दिएर खटाइएको भेटिएको छ ।पछिल्लो समय गृह प्रशासन र संघीय मामिला तथा सामान्य प्रशासनको सचिव, कर्मचारी प्रशसन चलाउने हाकिमहरुको बदमासीको कारण ती मन्त्रालयमा मात्र ६० बढी उपसचिवहरु जिम्मेवारविहिन अवस्थामा राखिएको छ । झण्डै २ सय स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत छैनन् । तर मन्त्रालय संघीय मामिला तथा सामान्य प्रशासन र गृहमा भने ६० उपसचिव जिम्मेवारीविहीन बरण्डामा रहेका छन् । सामान्य प्रशासन मन्त्रालयमा ३५ र गृह मन्त्रालयमा २५ उपसचिव अहिले बरण्डामा थन्काइएका छन् ।
बिज्ञापन
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्रोतका अनुसार त्यहाँ सुमन अधिकारी,दुर्गा बञ्जाडे,कृष्ण बहादुर खड्का,देवराज चौलागाई,डिल्लीरुाज बेल्बासे,अर्जुन रिजाल,सृजना थपलिया,कोषराज कुँवर,पूर्णिमा उपाध्याय,मोहन प्रसाद मरासिनी,बैकुण्ठ सापकोटा,लीलाबल्भव न्यौपाने,लक्ष्यमण ढकाल,छविलाल नेपाली,हरि प्रसाद चापागाई,राम अचार्य,भीम भट्टराई,कृष्ण सुवेदी,लक्ष्मी गौतम (पाण्डे) लगायतका उपसचिवहरु जिम्मेवार विहिन छ । तीमध्ये कतिपय तीन चार महिनादेखि जिम्मेवारी पाउन सकेका छैनन ।
बिज्ञापन
जबकी निजामती सेवा ऐनले कुनै पनि कर्मचारीलाई दुई महिना भन्दा बढी जिम्मेवारविहिन बनाएर राख्न मिल्दैन भन्छ तर पछिल्लो समय मन्त्री र सचिवको द्धन्दका कारण संघीय मामिला तथा सामान्य प्रशासनले कर्मचारी खटन पटन गर्न सकिरहेको स्थिति छैन । त्यही माथि मन्त्रीको सचिवालयबाट सिधै कर्मचारी खटन पटनमा रकम मोलमोलाई हुने गरेको तथ्य नै प्रकाशमा आइसक्दा समेत त्यस्ता विवादित कर्मचारीलाई मन्त्रीले हटाउन सकेका छैनन् । मन्त्री सचिवको द्धन्दको फाइदा चाहिँ कप्र हेर्ने बलराम रिज्याल र कमल भट्टराइहरुले राम्रै उठाइरहेको चर्चा सामान्य प्रशासनकै कर्मचारीहरुले गर्ने गरेका छन् ।
यता गृहमा समेत उस्तै भद्रगोल छ । त्यहाँ पाँच जना सहसचिवलाई बरण्डामा थन्काइएको छ । मन्त्री रमेश लेखकले आफ्नो भेगीय र तुलनात्मक रुपमा इमान्दार र क्षमतावान धर्मराज जोशीलाई सचिवालयमा राखेका थिए तर उनलाई अध्यागमनमा फालेर त्यहाँ अहिले बद्री तिवारीलाई ल्याएका छन् । तिवारी यस अघि दिल्ली दुतावासमा थिए । डिभिजन सहकारी कार्यालय ललितपुर,यस अघि रमेश लेखक मन्त्री हुँदा उनकै सचिवालयमा बसेका कर्मचारी हुन । शेरबहादुर प्रम हुँदा उनकै सचिवालयमा बसेका उनी यस पटक मन्त्री लेखकलाई निगरानी गर्ने खटाइएको बताइन्छ । मन्त्रीको निजी सचिव तिवारी,कर्मचारी प्रशासनका हाकिम छवि रिजालदेखि सचिव गोकर्णमणि विष्टहरुको लाचारीपनका कारण कर्मचारीहरु कसैले जिम्मेवारी नपाउने स्थिति छ भने सहसचिवको दरबन्दी भएका ठाउँमा समेत उपसचिवलाई हाकिम बनाएर खटाइएको छ । मापदण्ड विपरित लालबाबु कवारीलाई आफ्नै गृह जिल्ला महोत्तरीको प्रमुख जिल्ला अधिकारी बनाएर खटाइएको छ । सहसचिव बसन्त अधिकारीलाई चलखेलका आधारमा वारा पठाइएको छ भने सहसचिव भएको दुई बर्षमै रमेश ढकाल ललितपुरमा पठाइएको छ । गृहका सदाबाहार सिडियोका रुपमा चिनिएका उमेश ढकाल काभ्रे पुगेका छन् । चितवनबाट तानिएका इन्द्रदेव यादवलाई अहिले गृहको बरण्डामा राखिएको छ । यादव गृह प्रशासनको काविल अफिसर मानिन्छन् ।
बिज्ञापन
रामबन्धु सुवेदी,रोशनीकुमारी श्रेष्ठ,तुलसीबहादुर श्रेष्ठ,शशिधर घिमिर लगायतका काविल सहसचिवलाई बरण्डामा थन्काएर सहसचिवको दरबन्दी रहेको डोटी,बैतडी,डडेल्धुरा,अछाम,जुम्ला,दैलेख,सल्यान,प्यूठान,अर्घाखाँची,रामेछापमा उपसचिवलाई पठाइएको छ । सरुवा मापदण्डमा आफ्नै गृहजिल्लाको नेतृत्व दिएर कर्मचारी नपठाउने भनिएको छ तर नवराज जैसीलाई गृहजिल्ला दैलेख, लालबाबु कवारीलाई महोत्तरी र रामकृष्ण अधिकारीलाई गृहजिल्ला नुवाकोटमै खटाइएको छ ।
विगतको आर्थिक बर्षमा मात्र कर्मचारीलाई बरण्डामा राखेर ११ करोड रकम भुक्तानी भएको थियो भने गत आर्थिक बर्षमा अतिरिक्त समूहमा राखिएका कर्मचारीकै नाममा १८ करोड खर्च भएको छ । यसलाई महालेखाले समेत प्रश्न उठाउँदै आएको छ ।